बिडिसिए क्रिकेट ग्वाल्लेक प्रतियोगिताबाट बाहिरियो

Bds

बैतडी । ग्वाल्लेक क्रिकेट क्लब, यहाँ जारी बैतडी जिल्ला क्रिकेट संघ बिडिसिए कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।

निंगलाशैनी खेल मैदान देहिमाण्डौँमा आज टस हारेर ब्याटिङ गर्दै ग्वाल्लेकले १० ओभरमा ३१ रन मात्र बनायो । खोड्पे क्रिकेट क्लबले ३२ रनको विजय लक्ष्य एक दशमलव पाँच ओभरमा बिना विकेट पुरा ग¥यो । दश विकेटको हारसँगै ग्वाल्लेक प्रतियोगिताबाट बाहिरिएको हो । ग्वाल्लेकका कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन् ।

बलिङ्तर्फ खोड्पेका लागि दीपेन्द्र ऐरी र रुपेश ऐेरीले तीन/तीन विकेट लिए । यसअघि खोड्पेका लागि म्यान अफ द म्याच दीपेन्द्र ऐरीले अविजित ३६ रन बनाउँदै आफ्नो टिमलाई १० विकेटको ठूलो जित दिलाएका थिए ।

यसैगरी, बुड्डाबाजे क्रिकेट मैदान रातामाटामा भएको अर्को खेलमा त्रिपुरा क्रिकेट क्लबले कैलपाल क्रिकेट क्लबलाई दुई विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ गरेको कैलपालले नौ विकेटको क्षतिमा १२४ रन बनायो । एक सय २५ रनको विजय लक्ष्य त्रिपुराले १७ ओभरमा ८ विकेटको क्षतिमा पूरा ग¥यो । त्रिपुराका लागि कप्तान वीरेन्द्र रानाले ३६ रन बनाए ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा आइतबारदेखि शुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ३० हजार, उपविजेताले २० हजार तथा म्यान अफ द सिरिजले ५ हजार नगद, ट्रफी र प्रमाणपत्र पाउने छन् । बिडिसिए कप क्रिकेट प्रतियोगिताको यो १७औँ संस्करण हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...