बुद्ध एयरको सुर्खेत काठमाडौं उडान परीक्षण

Surkhet kathmandu udaan

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत–काठमाडौँ हवाई उडान सेवाको परीक्षण सम्पन्न भएको छ । बुद्ध एयरको ४७ सिट क्षमताको ८० आर ४२ को जहाजले सुर्खेत काठमाडौँ सिधा हवाई उडान सेवाको परीक्षण सम्पन्न गरेको हो ।

सो जहाज बिहान ९ः४५ बजे धावन मार्गमा अवतरण गरेको र ११ बजे सुर्खेतबाट काठमाडौंका लागि उडान भरेको थियो । अब नयाँ वर्षदेखि नियमित बुद्ध एयरको सुर्खेत काठमाडौँ नियमित उडान शुरु गर्ने छ ।

नागरिक उड्डयन कार्यालय सुर्खेतका कार्यालय प्रमुख विनोदकुमार पन्तले बुद्ध एयरको जहाजले परीक्षण पूरा गरेको बताए । उनले भने, अब सुर्खेत काठमाडौँ सिधा हवाई सेवा शुरु हुन्छ ।’

कर्णाली प्रदेशको राजधानी सुर्खेत–काठमाडौँ हवाई सेवा नजोडिएको भन्दै स्थानीयले प्रदेश सरकारसँग् माग गर्दै आएका थिए । दुईसाताअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारको ध्यानाकर्षण गराउनुका साथै निजी कम्पनीसँग छलफल चलाउन थालेका थिए ।

परीक्षण सेवा गरिएको हवाईको सुर्खेत काठमाडौँ भाडादर भने अहिले कायम गरिएको छैन । परिक्षणमा बुद्ध एयरको तर्फबाट मानव संसाधन निर्देशक खगेन्द्रबहादुर बस्नेतको पनि सुर्खेत आइपुगेका थिए ।

प्रतिकृया दिनुहोस