शनिबारदेखि विराट गोल्ड कप शुरु

Biorat

विराटनगर । आउँदो शनिबारदेखि विराटनगरमा ऐतिहासिक ‘गोल्ड कप फुटबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ ।

मोफसलमा पहिलो पल्ट अपराह्न र राति हुने प्रतियोगिता शहीद मैदानमा यही चैत १७ देखि २६ गतेसम्म साँझ ६ बजेदेखि बेलुकी ८ बजेसम्म हुने भएको छ । शहीद रंगशालाको मैदानलाई प्रकाशमय बनाउने कार्य हुँदैछ ।

फलामको खम्बा महँगो पर्ने भएकाले सोको विकल्पमा बाँसका खम्बामा सौर्य ऊर्जा जडान गर्न भारतको कोलकाताका साथै विराटनगरका प्राविधिक निरन्तर रुपमा लागिरहेको विराट गोल्डकप आयोजक समितिका संयोजक नवीन रिजालले जानकारी दिए ।

प्रतियोगितामा नेपालसहित चार मुलुकका १० वटा टिमको सहभागिता रहेको छ । उक्त प्रतियोगितामा काठमाडौँका मनाङ–मस्र्यादी, थ्रि–स्टार, नेपाल पुलिस क्लब, नेपाल आर्मी, सशस्त्र प्रहरी टिमका साथै मोरङ र झापा –११ को टिम नेपालतर्फ बाट सहभागिता रहने छ ।

यसका साथै विदेशी टिममा भुटानको थिम्फु– ११, भारतको मोहम्मद स्पोर्टिङ क्लब, कोलकाता टिम र बंगलादेशको स्पोर्टिङ क्लब छन् । सो प्रतियोगितामा अनुमानित १ करोड खर्च हुने आयोजक समितिका संंयोजक रिजालले जानकारी दिए ।

सो प्रतियोगिताको विजेता टोलीलाई शिल्डसहित १२ लाख ७१ हजार तथा उपविजेता टोलीलाई ५ लाख ५१ हजार पुरस्कारको व्यवस्था गरिएको छ । यसका साथै प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ घोषित खेलाडीलाई १० हजार तथा ‘म्यान आफ दि सिरिज’ घोषित खेलाडीका लागि शिल्ड र मोटरसाइकलको पुरस्कार व्यवस्था गरिनेछ ।

त्यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, उत्कृष्ट व्यवस्थापक र फेयर प्ले टिमका लागि पनि पुरस्कार व्यवस्था गरिनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...