विश्वकप क्रिकेट छनोट अफगानिस्तान भयो च्याम्पियन

Images

काठमाडौँ । वेष्ट इन्डिजलाई ७ विकेटले हराउँदै अफगानिस्तान विश्वकप क्रिकेट छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

जिम्बाबेमा जारी प्रतियोगिताको हिजो भएको फाईनल खेलमा वेष्ट इन्डिजले दिएको २०५ रनको विजयी लक्ष्य अफगानिस्तानले ४० ओभर ४ बलमा ३ विकेट गुमाउँदै पूरा गरेको हो ।

अफगानिस्तानका लागि मोहम्मद शहजादले सर्वाधिक ८४ रन बनाए । त्यस्तै रहमत शाहले ५१, मोहम्मद नाबीले २७ तथा समिउल्लाह शेनवारीले २० रन जोड्दै वेष्ट इन्डिजले भने ४६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो ।

वेष्ट इन्डिजका लागि आर पावेलले सर्वाधिक ४४ रन बनाउँदा हेटमेयरले ३८ रन जोडे ।समूह चरणमा ३ खेल हारेको अफगानिस्तानले विश्वकप क्रिकेट छनोट प्रतियोगितामा वेष्ट इन्डिजलाई हराउँदै च्याम्पियन बनेको छ । वेष्ट इंडीज र अफ्गानिस्तान अर्को वर्ष हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि छनौट भएका छन् ।

   

प्रतिकृया दिनुहोस