पर्यटकीय गाउँमा संग्रहालय निर्माण

Baglung bazar

बागलुङ । बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डेमा संग्रहालय निर्माण गरिएको छ ।

मौलिक संस्कृति र परम्पराको पहिचान जोगाउन संग्रहालय स्थापना गरिएको हो । संग्रहालयमा ऐतिहासिक महत्वका सामग्री संग्रह गर्न शुरु गरिएको छ । संग्रहालय व्यवस्थापन समितिले मौलिकता झल्काउने सामग्री उपलब्ध गराउन सबैमा आग्रह गरेको छ ।

जनश्रमदानसहित ३३ लाखको लागतमा स्थापना भएको सो संग्रहालयको नाम ‘भकुण्डे संग्रहालय’ राखिएको छ । ग्रहालय भवन बनाउन सरकारी तथा गैरसरकारी निकायले आर्थिक सहयोग उपलब्ध गराएका थिए । संरचना तयार भए पनि सामग्री राखेपछि मात्र संग्रहालयले पूर्णता पाउने सञ्चालक संस्था मिलिजुली आमा समूहकी अध्यक्ष इन्द्रा थापाले बताइन ।

“हामी ऐतिहासिक महत्वका सामग्रीको खोजीमा छौँं, सार्वजनिक रुपमा आह्वान समेत गरेका छौँ’ उनले भनिन, “विभिन्न जातजातिका वेषभूषा, संस्कृति र रितिरिवाज झल्कने गरी संग्रहालय बन्छ ।” भकुण्डेमा मगर जातिको बाहुल्य रहेकाले संग्रहायमा विशेष गरी मगर समुदायको पहिचान दिलाउने सामग्रीहरु बढी राखिनेछन् ।

संग्रहालयकी व्यवस्थापक मुना थापामगर सबै जातजातिका रीतिरिवाज झल्कने सामाग्री संग्रहित गर्न थालेको बताउनुहुन्छ । परम्परागत ढिँकी, जाँतो, घरेलु उत्पादनका वस्तु, वेषभूषालगायत संग्रहालयमा राखिने छ । घरबास होमस्टेको समेत प्रवद्र्धन भइरहेको उनले बताइन ।

संग्रहालयका कारण भकुण्डेमा पर्यटक आकर्षित गर्न सकिने बागलुङ नगरपालिका–१० का वडाध्यक्ष प्रेमबहादुर थापाले बताइन । भकुण्डेलाई पर्यटकीय केन्द्रको रुपमा विकास गरिने उनको भनाइ छ । घरबास पर्यटन शुरु भएसँगै भकुण्डेमा आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको छ । पर्यटकलाई आकर्षित गर्न भकुण्डेकै मुलाबारीमा ‘भ्यू टावर’ पनि निर्माण गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...