फागुनमा पाथिभरा महोत्सव हुने

27656983 10213339607318097 3821632126912907001 n

काठमाडौं । नेपालको सबैभन्दा उचाईमा रहेको पाथिभरा मन्दीरमा फागुनमा पाथिभरा महोत्सव हुने भएको छ । सोमबार उपत्यकाको पर्यटन बोर्डमाभएको पत्रकार सम्मेलनमाफागुन एक, दुई र तीनगते  पाथिभरा पर्यटन महोत्सवहुने जानकारी दिइएको हो ।

पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नेपाली सेनाको श्रीनयां रणभीम गूल्म मुख्यआयोजक र जिल्ला समन्वय समितिताप्लेजुङ, ताप्लेजुङ उद्योग वाणिज्य संघ, ताप्लेजुङ सरोकार केन्द्र, काठमाण्डौं र फुङलिङ नगरपालिकाताप्लेजुङ सह–आयोजकको रुपमा रहेने जनाइएको छ । पाथिभरा पर्यटन महोत्सवका मुख्य प्रायोजक हिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लि. काठमाडौं, र महोत्सव प्रवद्र्धक नेपालपर्यटन वोर्ड रहने आयोजकले जनाएको छ ।

महोत्सवको क्रममा (क) स्थानीय उत्पादनको प्रदर्शनी, ख) हिमालयन गाइड्स पाथीभरा म्याराथन, ग) विविध सांस्कृतिकझाँकीहरू, घ) खेलकूदकार्यक्रम, ङ) चर्चित राष्ट्रिय कलाकारहरूका साथमा विविध सांस्कृतिक कार्यक्रम, च) खानपानका परिकारहरू र ताप्लेजुङे सत्कारहुने पाथिभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्दन समितिले जनाएको छ ।

पाथिभरा प्रचारको लागिपाँचहजार दुत
नेकपाएमालेका सचिव तथा ताप्लेजुङ जिल्लाका प्रतिनिधिसभा सदस्य योगेस भट्टराइले पाँचहजार पाथिभरा दुतबनाउने घोषण गर्नु भएको छ । आगामीफागुन एक, दुई र तीनगते हुनलागेको पाथिभरा महोत्सवको अवसरमा पाथिभराको देश तथा विदेशमा प्रचारगर्नको लागि पाँचहजार पाथिभरा दुत घोषण गर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...