पटिहानीमा पर्यटन सूचना केन्द्र स्थापना

Chitwan 16

चितवन । पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । भरतपुर महानगरपालिका–२२ स्थित साबिक पटिहानी गाविसमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको केन्द्रका संयोजक कुमार थपलियाले जानकारी दिए ।

उनका अनुसार भरतपुर महानगरपालिकाको करिब ७ लाखको लागतमा सूचना केन्द्र स्थापना भएकाले अब यहाँ आउने पर्यटकले पर्यटन क्षेत्रका गतिविधिबारे आवश्यक जानकारी लिन सक्नेछन् ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले सूचना केन्द्रले पर्यटन विकासमा सहयोग पु¥याउने भन्दै यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्ने योजना महानगरको रहेको बताए ।  भरतपुर–२२ का अध्यक्ष विष्णुराज महत्तोले पटिहानी आकर्षक पर्यटकीय क्षेत्र भएको उल्लेख गरे ।

हालै मात्र चितवनको पर्यटकीय नगरी सौराहालाई जोड्ने गरी यहाँ जिप सफारीसमेत शुरु भएको छ । स्थानीय थारूको मौलिक संस्कृतिका साथै यहाँ आकर्षक र मनोरम क्षेत्र छितामाई रहेको छ ।

बाघ, गैँडा, हात्ती, गोही, चित्तल तथा गोहीको राम्रो बासस्थान रहेको सो क्षेत्र नजिकै चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा पर्छ । गोही प्रजनन केन्द्र समेत नजिकै रहेको र राप्ती नदी रहेकाले यो क्षेत्र पछिल्लो समयमा आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ ।

पर्यटन सूचना केन्द्र स्थापना भएसँगै पर्यटकको सहजतामा थप टेवा पुग्ने र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउँछन् । पटिहानीको वातावरण संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष अपिल घिमिरे । ती सबै जानकारी केन्द्रमा पाइनेछ ।

पटिहानीको छितामाई मन्दिरबाट करिब ११ किलोमिटर पर चरहरा खोलासम्म जिप सफारी हुन्छ । त्यसपछि पर्यटकलाई ५ मिनेटको पैदल गराएर सौराहाको खोरसोरस्थित हात्ती प्रजनन केन्द्र पु¥याइने गरी सफारी थालिएको हो ।

चितवन आउने पर्यटकको रोजाइ जंगली जनावर हेर्ने भएकाले यहाँको पर्यटन सूचना केन्द्रमा जंगली जनावर तथा यहाँको स्थानीय संस्कृतिबारे जानकारीमूलक ब्रोसरसमेत बनाइएको छ । आउने पर्यटकका लागि सेवा दिन निःशुल्क वाइफाईसहित कम्प्युटर, प्रोजेक्टर तथा आवश्यक सामग्री व्यवस्थापन गरिएको केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...