निकुञ्ज प्रवेश गर्ने पर्यटकको संख्यामा न्यून संख्याले वृद्धि

Chitwan

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भित्रने पर्यटकको संख्यामा आशातित् वृद्धि नभएको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको ६ महिनामा गत आवको ६ महिनामा भन्दा न्यून संख्याले मात्रै पर्यटक वृद्धि भएको पाइएको हो ।

निकुञ्जले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवको छ महिनामा विदेशी ४६ हजार ७८९, सार्क मुलुकका ७ हजार ४४ र नेपाली १३ हजार २९० गरी ६७ हजार १२३ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । गत आवको सोही अवधिमा ६३ हजार ८०५ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । गत आवको छ महिनामा भन्दा चालू आवको सोही अवधिमा ३ हजार ३१८ पर्यटक वृद्धि भएको हो

चालु आवमा विदेशी ८७ हजार १९०, सार्कका १५ हजार ८७९ र नेपाली ३६ हजार ५६ गरी १ लाख ३९ हजार १२५ पर्यटक निकुञ्ज घुमेको तथ्यांकले देखाएको छ ।

आव २०७२/७३ मा भने ५१ हजार ५९३ विदेशी, ६ हजार ६०६ सार्क र ३० हजार ५९२ नेपाली गरी ८७ हजार ३९१ पर्यटकले निकुञ्ज घुमेको कार्यालयले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बाढीका कारण आशातीत पर्यटक निकुञ्ज नभित्रिएको बताए । उनले गतवर्षको भदौमा मात्रै निकुञ्जमा ६ हजार २३ पर्यटक भित्रिए पनि यसवर्षको भदौमा ३ हजार ८५९ पर्यटकमात्रै भित्रिएको बताए । यस वर्षको साउन अन्तिम साता राप्ती र बूढी राप्तीमा बाढी आउँदा पर्यटकीय क्षेत्र सौराहाका अधिकांश होटल डुबानमा परेका थिए भने राप्ती किनारका रेष्टुरेन्ट बगाएका थिए ।

निकुञ्जमा चालू आवमा १ लाख ५० हजार पर्यटक भित्रिने अपेक्षा गरिएको अर्यालले बताए । सशस्त्र द्वन्द्वका बेलामा निकै घटेको पर्यटकको संख्या क्रमशः उकालो लाग्दै जाँदा २०७२ सालमा आएको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण निकै प्रभावित भएको क्षेत्रीय होटल संघ जिल्ला अध्यक्ष सुमन घिमिरेले बताए । पछिल्लो समय नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारका कारण यातायात असहज हुँदा पनि पर्यटन क्षेत्र प्रभावित भएको उनले जानकारी दिए ।

बाढीको समयमा तत्काल आउने पर्यटक घटे पनि त्यसपछि आउने पर्यटकलाई भने कुनै प्रभाव नपरेको अध्यक्ष घिमिरेले बताए ।

चितवनको पर्यटकीय क्षेत्र घुम्न आएर पनि निकुञ्ज प्रवेश नगर्ने पर्यटकको संख्या पनि उल्लेख्य हुने गर्छ । घिमिरेका अनुसार करिब ३० प्रतिशत पर्यटक सौराहा क्षेत्रमा आएर पनि निकुञ्जभित्र प्रवेश गरेका हुँदैनन् ।

दैनिक भ्रमण आउने विद्यार्थी, गोष्ठी, सेमिनारलगायत कार्यक्रममा आउने आन्तरिक पर्यटक निकुञ्ज प्रवेश नगर्ने गरेको पाइन्छ । जिल्ला हुँदै आवतजावत गर्ने व्यक्ति पनि एकरातका लागि सौराहा बस्ने गरे पनि उनीहरुले निकुञ्ज प्रवेशको कुनै पनि टिकट नकाट्ने हुँदा निकुञ्जको तथ्यांकमा समावेश हुँदैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...