काबुलमा भएको आतङ्ककारी आक्रमणको विश्वव्यापी निन्दा

Afghanistan

काबुल । अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण आतङ्ककारी हमलाको संयुक्त राष्ट्रसंघलगायत विश्वव्यापी रुपमा निन्दा भएको समाचार छ ।

एम्बुलेन्समा बम राखेर गराइएको यस विस्फोटमा परी कम्तीमा पनि ९५ जनाको मृत्यु भएको छ । साथै यसमा परी १६३ जना घाइते भएका बताइएको छ ।

अफगानिस्तानका अधिकारीहरुले यस हमलालाई अफगानिस्तानको यसवर्षको सबैभन्दा धेरै मानवीय क्षति हुनेगरी भएको हिंसात्मक घटना भनेका छन् ।

यस हमलाको संयुक्त राष्ट्रसंघले कडा शब्दमा निन्दा गरेका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले शनिबार भएको सो हमलाको निन्दागर्दै आइतबार बिहान विज्ञप्ति प्रकाशन गरेको छ ।

सुरक्षा परिषदद्वारा प्रकाशित सो विज्ञप्तिमा उक्त घटना आतङ्ककारी र कायर हो भन्दै यस्ता घटनाको जतिसुकै निन्दा गरेपनि नपुग्ने बताएको छ ।

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुथ्रेसले पनि सो हमलाको कडा शब्दमा भत्र्सना गरे । उनले नागरिकको बाँच्न पाउने अधिकारको कुनै पनि पक्षबाट हमला गर्न नहुनेमा जोड दिएको छ ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सो घटनाको विरोध गर्रे । उनले अफगानिस्तानलाई आतङ्कवादमुक्त गर्न अमेरिकाले जस्तोसुकै काममा पनि सघाउने धारणा राखेको ह्वाइट हाउसद्धारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानी र प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले सो घटनाको निन्दा गरिएको छ । त्यस्तै अफगानिस्तानका अधिकारवादीहरुले पनि उक्त हमलाको कडा शब्दमा निन्दा गरेका छन् ।

शनिबार अपरान्ह काबुलको मध्य भागमा अवस्थित सिदारात स्क्वायरमा स्थानीय समयानुसार दिउँसो करिब १२ः५० मा अत्यधिक भीड भएतर्फ लक्ष्यगरी विस्फोटक पदार्थ बोकेको एम्बुलेन्स ठोकाइएको थियो ।

घाइतेहरुको अवस्था अत्यन्तै नाजुक छ । उनीहरुको सङ्ख्या बढी भएकाले स्थानीय अस्पतालहरूमा उपचारार्थ राखिएको छ ।

उक्त शक्तिशाली बम विस्फोट गराइएको क्षेत्रमा अफगानिस्तानको गृह मन्त्रालयको पुरानो कार्यालय, युरोपेली संघलगायतका विभिन्न विदेशी र स्वदेशी संवेदनशील संघसंस्था र कार्यालयहरु रहेका छन् ।

एम्बुलेन्स आक्रमणको तालिवान लडाकू समूहले जिम्मेवारी लिएको छ । घटनापछि सरकारी सुरक्षाकर्मीहरूले घटनास्थल आफ्नो नियन्त्रणमा लिएर दोषीहरूको खोजी कार्य तीव्र पारेको जनाएका थिए । तर उनीहरुलाई अहिलेसम्म पक्राउ गर्न भने नसकिएको समाचारमा जनाइएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा गत आइतबार तालिबान लडाकूहरूले आक्रमण गर्दा ४० जनाको मृत्यु भएको थियो । त्यस लगत्तै उनीहरुले यो हिंसा मच्चाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...