‘अपार्टमेन्ट’मा आगलागी हुँदा ४ मृत्यु

Apartment

चीन । चीनको सान्सी प्रान्तमा रहेको एक ‘अपार्टमेन्ट’ भवनमा मङ्गलबार बिहान भएको आगलागीमा परी ४ जनाको मृत्यु भएको छ ।

स्थानीय समयाअनुसार मङ्गलबार बिहान सबेरै १ः३० बजे भएको यस आगलागीमा परी अन्य १३ जना घाइते भएका थिए ।

प्रान्तीय राजधानी सियानको यान्टा जिल्लामा रहेको ५ तले यस भवनमा अझै पनि १९ व्यक्ति फसेर रहेको अनुमान अग्नीनियन्त्रकले गरेका छन् ।

यस अपार्टमेन्ट भवन आगलागीमा फसेका ४ जनाको शव क्रेनले तानेर निकालिएको बताइएको छ । त्यसैगरी अन्य १५ जनाको जीवितै उद्धार गरिएको र दुई व्यक्ति गम्भीर घाइते भएका छन् ।

११ जना सामान्य घाइते भएका र अन्य २ जना भने सकुशल रहेका पनि बताइएको समाचारमा जनाइएको छ ।

पहिलो तलामा विद्युतीय लाइनमा आएको खरावीको कारण सो आगलागी भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रहरीले थप अनुसन्धान गरिरहेको पनि प्राप्त अर्को समाचारमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...