नेकपा एमाले स्थायी कमिटी बैठक शुरु,को को परे प्रदेशबाट राष्ट्रियसभा उम्मेदवारमा

Uml pb meeting

भक्तपुर । सात वटै प्रदेशबाट राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाउन नेकपा एमाले स्थायी कमिटी बैठक शुरु भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा उनकै अध्यक्षतामा आजको बैठकले थप १६ उम्मेदवारको नाम टुंगो लगाउने भएको छ । बैठकले प्रदेश नं १, २, ३ र ४ का राष्ट्रियसभा उम्मेदवार टुंगो लगाउने एमाले सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

सोमबार राति १० बजेसम्म बसेको बैठकले तीन वटा प्रदेशका १३ उम्मेदवारको नाम टुंगो लगाएको थियो । सोअनुसार प्रदेश नं ७ बाट कमला ओली महिला कैलाली, इन्दु कडेरिया विष्ट महिला कञ्चनपुर, शेरबहादुर कुँवर खुला अछाम र चक्रप्रसाद स्नेही दलित डडेल्धुरालाई उम्मेदवार बनाइने भएको छ ।

यसैगरी प्रदेश नं ६ बाट कविता बोगटी महिला हुम्ला, नन्दा शर्मा महिला सुर्खेत, नरपति लोहार दलित कालीकोट, भैरवसुन्दर श्रेष्ठ खुला जाजरकोट, ठगेन्द्र पुरी खुला पश्चिम रुकुमलाई उम्मेदवार बनाएको छ ।

प्रदेश नं ५ बाट रामलखन हरिजन दलित नवलपरासी बर्दघाट सुस्ता पश्चिम बाट खिमलाल भट्टराई खुला रुपन्देही, मीना बुढा महिला रोल्पा र कोमल वली महिला दाङलाई उम्मेदवार बनाइएको छ । यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा एमालेले नेकपा माओवादी केन्द्रसँग तालमेल गर्दै २९ स्थानमा

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...