प्रदेश प्रमुखले सम्हाले पदभार, ज्येष्ठ सदस्य लिए सपथ

Prov 4

पोखरा । प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले पदभार ग्रहण गरेका छन् । लगतै प्रदेशसभाका जेष्ठ सदस्यलार्इ सपथ गराएका छन् ।

सहिदचोकस्थित क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश प्रमुखको कार्यालय स्थापना गरिएको छ । कार्यभार सम्हाल्न पुगेका कुँवरलार्इ नेपाली सेनाले सलामी दिएको थियो । सलामी ग्रहणपछि प्रदेश प्रमुखको पदभार ग्रहण कार्यक्रममा सकारी कार्यालयका प्रमुख, प्रशानिक तथा सुरक्षा प्रमुख, मेयर, राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।

पदभार ग्रहणपछि प्रमुख कुँवरले ४ नम्बर प्रदेशलाई नमूना प्रदेश बनाउन भूमिका निर्वाह गर्ने बताए । ‘यो प्रदेशमा जलविद्युत र पर्यटनमा अथाह सम्भावना छ । मैले त्यो सम्भावना उजार गर्न अभिभावकीय भूमिका निर्वाह गर्नेछु’ प्रमुख कुँवरले भने, ‘मेरा कारणले विकास र समृद्धिमा कुनै जटिलता हुन दिने छैन ।’

प्रमुख कुँवरले संविधानले दिएको अधिकार प्रयोग गर्दै छिट्टै प्रदेश सभा गठन गरी बाटो फकाउँदै लैजाने बताए ।

 

प्रतिकृया दिनुहोस