राष्ट्रियसभा निर्वाचन मतदाता नामावली सार्वजनिक

Sabha

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशित गर्ने भएको छ ।

माघ २४ गते राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तय गरेको आयोगले प्रदेश सांसदको शपथपछि मतदाता नामावली सार्वजनिक गर्न लागेको हो ।

सातवटै प्रदेशका प्रदेश सांसदहरुले शपथ ग्रहणसकिएपछि आइतबारनै नामावली प्रकाशित हुने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रियसभा चुनावका लागि प्रदेशसभाका सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुने छन् । ५ सय ५० जना प्रदेश सांसद र ७ सय ६६ स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रियसभा सांसद निर्वाचित गर्नेछन् ।

कुल ५९ सदस्यीय राष्ट्रियसभाका लागि प्रत्येक प्रदेशबाट ८ / ८ जना निर्वाचित हुनेछन् भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिकृया दिनुहोस