सामुदायिक वनले पर्यापर्यटनबाट ६० लाख आम्दानी

Download 6

चितवन । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनले पर्यापर्यटनबाट ६० लाख आम्दानी गर्न सफल भएको छ ।

सौराहा नजिकै रहेको उक्त सामुदायिक वन चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । पर्यटकले सौराहामा पाउने सुविधा उक्त वनमा समेत पाउँदै आएका छन् । आम्दानीको स्रोत हात्ती सफारी, जिप सफारी, डुंगा सयर, मचानलगायत हो । उक्त सामुदायिक वनले एक वर्षमा पर्यापर्यटनबाट ५९ लाख ९६ हजार आम्दानी गरेको सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिए ।

गएको एक वर्षमा जिप सफारीबाट मात्रै वनले ३० लाख ५१ हजार आम्दानी गरेको छ । हाल कुमरोज सामुदायिक वनमा दैनिक ३० वटा जिप सञ्चालनमा छन् । जिपमा बसेर जंगली जनावर गैँडा, बाघ, भालु हात्ती अवलोकन गर्न यहाँ पर्यटक आउँछन् ।

जिप प्रवेशबापत सामुदायिक वनले प्रतिजिप ५सय लिने गरेको छ भने नेपाली पर्यटकलाई प्रति व्यक्ति ५०, भारतीयलाई १सय र अन्य विदेशीलाई २ सय लिने गरेको कुमरोज सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले जानकारी दिए ।

हात्ती प्रवेश टिकट बिक्रीबाट १३ लाख ७५ हजार आम्दानी गरेको वनका अध्यक्ष गुरुङले बताउनुभयो । डुंगा सवारबाट ७ लाख ४८ हजार, मचान टिकट बिक्री विदेशीबाट ५ लाख ३१ हजार, सोही शीर्षकमा नेपाली पर्यटकबाट ९४ हजार आम्दानी भएको छ । कुमरोज वनमा एउटा काठ र अर्को क्रंकिटको मचान छ ।

यस्तै आन्तरिक पर्यटक प्रवेश शुल्कबापत १ लाख ४५ हजार, गिट्टी बालुवा बिक्रीबाट ६ लाख ३ हजार आम्दानी भएको छ । आर्थिक प्रतिवेदनअनुसार आव २०७३÷७४ मा यस वनले ६९ लाख १९ हजार आम्दानी गरेको वनले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...