इराकमा दुई वटा आत्मघाती आक्रमण २६ को मृत्यु

Attack in iraq

बग्दाद । इराकी राजधानी बग्दादमा सोमबार भएको दुई वटा आत्मघाती बम विस्फोटमा परी कम्तीमा २६ व्यक्तिको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । इराकीमा तीन दिनभित्र भएको यो अर्को भीषण आक्रमण हो ।

पूर्वी बग्दादको चिकित्सा विभागका प्रमुख डा.अब्दुल घानी अल साआदीले यस आक्रमणहरुमा परी २६ को मृत्यु हुनुको साथै अन्य ९० जना घाइते भएका पुष्टि गर्नु भएको छ ।

मध्य बग्दादको ताएयारान स्वाएरमा आत्मघाती आक्रमणकारीहरुले सोमबार विहान सबेरै विस्फोटहरु गराएका थिए ।

सिन्ह्वा समाचार समितिका अनुसार भने मध्य बग्दादको ताएयारन स्वाएरमा निर्माण सम्बन्धि कामदारहरु जम्मा भएका इलाका लक्षित विस्फोट भएको थियो ।

यस समाचारको विस्तृत विवरण भने प्राप्त नभएको र विस्फोटहरु भीषण भएको हुनाले मृतक र घाइतेको सङ्ख्या बढ्ने पनि प्रहरीको अनुमान रहेको छ । 

प्रतिकृया दिनुहोस