क्यालिफोर्नियामा पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुग्यो

Pic final

लस एन्जेलस । अमेरिकाको क्यालिफोर्नियामा चिसो मौसममा आएको आँधीपछिको पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

उद्धारकर्ताहरुले पहिरो गएको ठाउमा अझैपनि खोजीकार्य जारी राखेको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

बेला बेलामा मौसममा बदली भईरहेकाले उद्धारकार्यमा कठिनाई भईरहेको छ । पहिरोमा परी अहिले पनि ५ जना हराईरहेका छन् ।

अमेरिकाको पश्चिमी तटीय क्षेत्रमा भारी बर्षापछिको कडा हावाको कारण क्षति भएको बताइएको छ ।

पहिलोका कारण ६५ ओटा घर क्षतीग्रस्त भएका छन् भने अरु ४६२ ओटा घरमा दिर्घकालिन असर परेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...