प्रचण्ड परिवारसँग सम्बन्ध सुधार्दै राष्ट्रपति भण्डारी

शीतलनिवास डिनर

Seetal niwas 1

काठमाडौँ। पुष्पकमल दाहाल प्रचण्ड एमाले माओवादी मिलेर बन्ने एकीकृत पार्टीको अध्यक्ष बन्ने चर्चा भइरहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्ड परिवारसँग अनौपचारिक सम्बन्ध बढाएकी

यसैक्रममा राष्ट्रपतिले शुक्रबार साँझ शीतलनिवासमा प्रचण्ड परिवारलाई डिनरका लागि निम्त्याइन् । राष्ट्रपति भण्डारीको निम्तो मान्न माओवादी अध्यक्ष प्रचण्ड, पत्नी सीता दाहाल र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालका साथै कञ्चनपुरकी सांसद वीना मगरसमेत उपस्थित थिए । रेणु प्रचण्डकी छोरी हुन् भने वीना बुहारी हुन् ।

शीतलनिवासको डिनरमा प्रचण्डका नाति र नातिनाका साथै ज्वाइँहरु पनि सहभागी थिए । स्व. प्रकाश दाहालका छोराहरु प्रणव र प्रशिद्ध दाहालका साथै रेणु दाहालका पति अर्जुन पाठक पनि सपरिवार शीतलनिवास पुगे । कान्छी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य पनि सपरिवार उपस्थित भए ।

शुक्रबार दिउँसो म्याग्दीको बेनी पुगेका प्रचण्ड त्यहाँबाट फर्केलगत्तै साँझमा शीतलनिवास पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रचण्ड परिवारले राति अबेरसम्म जमघट गरेको स्रोतले बताएको छ ।

 

 

प्रतिकृया दिनुहोस