रुससँग जारी सीमा विवाद छिट्टै सुल्झाइने : राष्ट्रपति लुकासेन्को

Belarus

मिन्स्क । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले रुससँग भएका सीमा विवादहरु वार्ताका माध्यमबाटै जतिसक्दो चाँडै सुल्झाउने बताए ।

सरकारद्धारा सञ्चालित समाचार संस्था टेलेग्राफले जनाएअनुसार विगतदेखि रुससँग जारी रहेको सीमा विवादलाई वार्ताको माध्यमबाट समाधान गर्ने योजना सरकारले बनाएको छ ।

उनले गत जनवरी १७ मा बेलारुसले ३९ वटा युरोपियन राष्ट्रसहित ८० वटा राष्ट्रका नागरिकलाई पाँच वर्ष प्रवेशआज्ञा दिइने नयाँ योजना सार्वजनिक गरेको पनि जानकारी दिए ।

लुकासेन्कोले मिन्स्कमा भएको एक प्रेस सम्मेलननमा बेलारुसमा प्रवेशाज्ञामा नियमितता ल्याइएको बताइएको छ । रुस र बेलारुसबीचको सीमालाई युरोपमा बलियो सीमाका रुपमा लिने गरिन्छ ।

राष्ट्रपतिले बेलारुस र रुसका कानून निर्माताहरुले रचनात्मक र एक सुव्यवस्थित समन्वय एकाइ राख्नु आवश्यक भएको बताइएको छ ।

बेलारुसले र रुसले सन् १९९५ मा भएको सम्झौतापछि नै सीमा नियन्त्रण गर्न छाडेको थियो ।

यथार्थमा रुस र बेलारुसको सीमाबाट तेस्रो मुलुकको नागरिक प्रवेशमा सन् २०१६ बाट रुसले कडाइ गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...