अष्ट्रेलियन वैज्ञानिकहरुले जलवायु परिवर्तनको प्रभावबारे अनुसन्धान गर्ने

Hussu terai

क्यानबेरा । अष्ट्रेलियाली वैज्ञानिकहरुले हालैका दिनमा यहाँ देखा परिरहेको जलवायु परिवर्तनको असरका बारेमा गहन अनुसन्धान गर्ने जनाएको छ ।

पछिल्लो समयमा अष्ट्रेलियामा वातावरणीय असन्तुलन देखिएको छ । जसका कारण यहाँ तापक्रममा अस्वभाविक र निकै लामो समयपछि बृद्धि भएको पाइएको छ ।

हालै प्राप्त एक समाचारअनुसार सिड्नीको तापक्रम ४७ डिग्री सेल्सियससम्म पुगेको थियो । यसलाई यहाँको करिब ८० वर्षपछिकै सबैभन्दा बढी तापक्रमका रुपमा देखाइएको थियो ।

यस अस्वभाविक तापक्रमलाई यहाँका अधिकारीहरुले जलवायु परिवर्तनको असरका रुपमा व्याख्या गरेका थिए । त्यसैले यस विषयमा अनुसन्धान सुरु गरिएको पनि ती अधिकारीहरुले जानकरी दिएका छन् ।

अष्ट्रेलियाली दक्षिणी समुद्रमा उनीहरुले यस्तो अनुसन्धान थाल्ने भएका हुन् । समुद्रको गहिराइसम्म पुगेर गरिने यस्तो अनुसन्धानका लागि उनीहरुले रोबोटको प्रयोग गर्ने तयारी गरिरहेका बताइएको छ ।

अष्ट्रेलियाको कमलनवेल्थ वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संस्थाका तर्फबाट बैज्ञानिकहरुको एउटा समूहले यस्तो अनुसन्धान सुरु गरेको अधिकारीहरुले जनाएका समाचारमा उल्लेख गरिएको छ ।

यस समुद्रमा वैज्ञानिकहरुले कम्तीमा पनि ३ देखि ५ हजार मिटरसम्म गहिराइमा पुगेर सो अनुसन्धान गरिने छ र यसका लागि रोबोटहरुको प्रयोग गरिएको छ ।

यस गहिराइसम्म पुगेर अहिलेसम्म यस्तो खालको अनुसन्धान हुन नसकेकोमा पहिलो पटक उनीहरुले यो अनुसन्धान सुरु गर्न लागेको जानकारी सो संस्थाले दिएको प्राप्त समाचारमा जनाइएको छ ।

उक्त अनुसन्धान टोलीका एकजना प्रमुख वैज्ञानिक स्टीभ रिन्टाउलले भने, हामीले यस्तो अनुसन्धान पहिलो पटक गर्न लागेका छौँ र उक्त समुद्रको दक्षिण गोलार्धले ताप बहन गर्न सक्ने क्षमता र कार्बनडाइअक्साइडको अवस्थितिको बारेमा तथ्य पत्ता लगाउने छौँ ।

विश्वको तापक्रम विशेषगरी समुद्रका कारण बढी प्रभावित हुन पुगेको छ र यस अनुसन्धानले जलवायु परिवर्तनको अहिलेको अवस्था र आगामी पुस्ताको लागि यसले पार्नसक्ने क्षमताको बारेमा नयाँ तथ्य पत्ता लाग्ने बताइएको छ ।

विश्वमा पछिल्ला केही वर्षहरुमा विश्वव्यापी उष्णता बढ्दो छ । यसको कारण जलवायु परिवर्तन रहेको बैज्ञानिकहरुको धारणा रही आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...