अनसनस्थलबाट पक्राउ परेका केसीले भने, वकिलको आदेशले मात्रै भए म जाने थिइनँ

Dr kc 24

काठमाडौं । सोमबार साँझ प्रहरीद्धारा पक्राउ परेको प्रा. डा. गोविन्द केसीले अदालतको सम्मान गर्ने बताएका छन् ।

सोमबार ८ बजे पक्राउ पुर्जी समातेका प्रा डा. केसीले अदालतको पत्रलाई आफुले सम्मान गर्ने तर, आफ्नो अडानबाट एक इन्च पनि पछि नहट्ने बताएका छन् ।

‘वकिलको आदेशले मात्रै भए म जाने थिइनँ । भइहाल्यो नि त, तपाईहरुले पक्राउ पुर्जी लिएर आउनु भयो, म जान्छु’ महानगरीय प्रहरी महाशाखा टेकुबाट खटिएको टोलीको पत्र बुझ्दै डा. केसीले भने, ‘तर म मेरो अडान जहाँ गए पनि त्यही हुन्छ ।’

उनलाई अहिले प्रहरीकै एम्बुलेन्समा राखेर महानगरी प्रहरी वृत्त टेकु लगिएको छ । उनलाई आवश्यकता अनुसार अन्य ठाउँमा लानुपर्ने अवस्था आए लान सकिने प्रहरीले बताएका छ ।

उनलाई प्रहरीले मंगलबार विहान ९ बजे सर्वाेच्च अदालत बुझाइने छ ।

प्रतिकृया दिनुहोस