BREAKING NEWS : पक्राउ परे डा. केसी

Kc pakru

काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रहरीले प्रा. डा. गोविन्द केसीलाई पक्राउ गरेको छ ।

अदालतले केसीविरुद्ध सोमबार पक्राउ पूर्जी जारी गरेपछि प्रहरी प्रधान कार्यालयबाट खटिएको एक टोलीले सोमबार ८ बजेर ४ मिनेट जादा अनसन स्थलबाट पक्राउ गरेको हो ।

अदालतले उनलाई पक्राउ गरी मंगलबार विहान ९ बजे अदालतमा हाजिर गराउन आदेश दिएको थियो । सो लगत्तै प्रहरी साझ साँढे ७ बजे प्रहरी टोली पुगेको थियो ।

अनसन सुरु गर्नुअघि केसीले गरेको पत्रकार सम्मेलन गरे लगतै सर्वोच्चकै शाखा अधिकृत नेत्रबन्धु पौडेलले डा. केसीविरुद्ध अवहेलना मुद्दा हालेका थिए । न्यायाधीश शाहीकै इजलासले डा. केसीलाई पक्राउ गर्न आदेश दिएको छ ।

प्रहरी पुगेपछि डा. केसीले अदालतले भनेको मान्छु, म जान्छु तर मेरो अडान छाड्दिन भन्ने प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस