सामाजिक सञ्जालमा झुट्टा खबर रोक्न कानून ल्याउने

Maecon

फ्रान्स । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले उनको सरकारले चुनावी अभियानका क्रममा आउनसक्ने गलत समाचार रोक्न कानून ल्याउने बताएका छन्।

पत्रकारहरुलाई सम्बोधन गर्दै उनले प्रयोजित रुपमा जथाभाबी गरिने प्रचारप्रसारबाट उदार लोकतन्त्रहरुको रक्षा गर्न त्यस्तो कदम अनिवार्य रहेको बताए।

नयाँ कानूनले न्यायाधीशहरुलाई झुट्टा समाचार दिने वेबसाइटहरु बन्द गराउने र विदेशी सरकारको नियन्त्रण वा प्रभावमा रहेका टेलिभिजन सेवाहरुले अस्थिरता फैलाउन गरेको प्रयास रोक्ने अधिकार दिने उनले जानकारी दिए।

माक्रोंले अघिल्लो वर्षको राष्ट्रपतीय चुनावका क्रममा रुसी सञ्चार माध्यमहरुले आफ्नो बारेमा गलत विवरणहरु फैलाएको आरोप पनि उनले लगाएका छन्।
एलिजे दरबारमा नयाँ वर्षको अवसरमा सञ्चारकर्मीहरुका लागि आयोजित भोजमा राष्ट्रपति माक्रोंले यस्तो घोषणा गरेका हुन्।
उनले केहि हजार यूरो खर्च गरेर समाजिक सञ्जालमा व्यक्ति वा राजनीतिक समूहहरुलाई बदनाम गर्ने गरी प्रचार प्रसार गराउन संभव भएको भन्दै चिन्ता प्रकट गरे।

सत्य र झुटबीचको रेखा धमिलो बनाउन योजनावद्ध प्रयास भइरहेको भन्दै उनले त्यसले उदार लोकतन्त्रमाथिको जनविश्वासलाई कमजोर तुल्याउने बताए।

उनले कुनै देशको नाम लिएनन् तर बीबीसीका प्यारीस संवाददाता भन्छन् उनले रुसका बारेमा मनमनै सोचेका हुनसक्छन्।


विगतमा माक्रोंले युरोप र अमेरिकामा जनमतलाई आफ्नो स्वार्थ अनुरुप हेरफेर गराउन मस्कोले प्रयास गरिरहेकोबारे सार्वजनिक रुपमा नै टिप्पणी गरेका थिए।

प्रस्तावित कानून अनुसार चुनावको समयमा फेसबुक जस्ता सामाजिक सञ्जालले समाचार जस्ता देखिने सामाग्रीको श्रोतको परिचय खुलाउन कडा नियमहरुको सामना गर्नुपर्ने उनले बताए।

त्यसबाहेक समाचार सामाग्री प्रायोजन गर्न कतिसम्म खर्च गर्न सकिन्छ भन्नेबारे सीमा तोकिने उनको भनाइ छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...