मत परिमाण सार्वजनिक गर्न र मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै प्रर्दशन

Student aandolan

काठमाडौँ । युवा–विद्यार्थी संगठनहरूले प्रतिनिधिसभाको समानुपातिकतर्फको मत परिमाण सार्वजनिक गर्न र पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै प्रर्दशन गरेका छन् । 

प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडिबाट निकालिएको जुलुस भद्रकाली, नयाँ सडक हुँदै रत्नपार्कस्थित शान्तिवाटिकामा पुगेर समापन भएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले जानकारी दिए । 

प्रदर्शनीमा ‘पेट्रोलियम पदार्थको वृद्धि मूल्य फिर्ता गर’, ‘अविलम्ब प्रतिनिधिसभाको मत परिमाण सार्वजनिक गर’ जस्ता नारा लगाइएको थियो । 

प्रदर्शनी समापन सभामा अनेरास्ववियुका उपाध्यक्ष शैलेश लामा, अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेत र युवा संघ नेपालका सचिव बच्चनबहादुर सिंहले मत परिमाण र मूल्यवृद्धि फिर्ता लिनुपर्नेमा जोड दिएका थिए । मत परिमाण र मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने पनि उनीहरूले बताए । 

यसैबीच युवा विद्यार्थी संगठनको बुधबार बसेको बैठकले मूल्यवृद्धि फिर्ताको माग गर्दै भोलि र पर्सि निगम घेराउ तथा मत परिमणाम सार्वजनिक गर्न माग गर्दै सडक बहस गर्ने निर्णय गरेको अनेरास्ववियुका सचिव पराजुलीले बताए । 

प्रतिकृया दिनुहोस