पश्चिम भारतमा सडक दुर्घटना ८ मृत्यु

Accdent

नयाँ दिल्ली । पश्चिमी भारतीय राज्य राजस्थानमा भएको सडक दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ ।

प्रान्तीय राजधानी जयपुरमा ट्रक र टेम्पो एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी ८ जनाको मृत्यु हुनुको साथै अन्य २ घाइते भएका एकजना वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिए ।

अत्यन्त व्यस्त समयमा भएको यस घटनामा टेम्पोमा सवार व्यक्तिहरु मारिएका र घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

टेम्पोका चालकसहित ६ व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको र अन्य दुई जनाको भने अस्पताल लगेपछि उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

गएराति एक विबाहको समारोहमा सहभागी भएर फर्किरहेका एकै परिवारका तीन महिला र दुई बालबालिकासमेत सो दुर्घटनामा परेका प्रयत्क्षदर्शीहरुले बताएका छन् ।

यस दुर्घटनाको अनुसन्धान जारी रहेको बताइएको छ । भारत अरु देशको तुलनामा बढी सडक दुर्घटना हुने देशको सुचिमा पर्दछ ।

सडकको मर्मत संभारमा कमी, चालकको लाहपर्वाह र ट्राफिक नियम उल्लङ्घन जस्ता कारणहरुले भारतमा धेरै सडक दुर्घटना हुने गरेको अधिकारीहरुको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...