प्रचण्डले प्रधानमन्त्री देउवालार्इ भने 'राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोक्नुस्'

Deuba pk

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा निर्वाचनको मिति तत्काल तोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

दलहरुबीच सहमति गरेर मात्र प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न प्रधानमन्त्रीलार्इ आग्रह गरेको उनका प्रेश संयोजक मनहरी तिमिल्सिनाले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटार भएको भेटमा अध्यक्ष दाहालले आफू राजनीतिक सहमतिका आधार अघि बढ्न आफू तयार रहेको र सरकारलाई पनि त्यही अनुसार व्यवहार गर्न आग्रह गरेका हुन् ।

भेटमा अध्यक्ष प्रचण्डले सरकार र निर्वाचन आयोगले बिलम्व गर्दा नयाँ सरकार गठनमा ढिलाई भएको भन्दै छिटोभन्दा छिटो राष्ट्रिय सभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिएका हुन् ।

भेटमा प्रधानमन्त्री देउवाले छिटै राष्ट्रिय सभाको निर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श गर्न लागेको जानकारी दिँदै आफू राजनीतिक सहमतिकै आधारमा अघि बढ्ने जानकारी गराएका थिए । 

प्रतिकृया दिनुहोस