पर्यटन क्षेत्रको विकासका लागि चालक अनुशासन आवश्यक

Tourist

काठमाडौँ । पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारी चालकमा अनुशासन आवश्यक रहेको सरोकारवालाले बताए ।

नेपाल पर्यटन बोर्ड पर्यटक प्रहरी एकाइले आज यहाँ आयोजना गरेको ‘पर्यटक सवारी चालकसँगको अभिमुखीकरण’ कार्यक्रममा सहभागी वक्ताले पर्यटकसँग पहिलो सम्पर्कमा रहने व्यक्ति चालक भएकाले चालक अनुशासित हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले पर्यटन क्षेत्र उद्योगका रुपमा विकास हुँदै गएकाले पर्यटक बोक्ने सवारी चालकको बोली र व्यवहारमा परिवर्तन आवश्यक भएको बताए ।

‘पर्यटकलाई सुरक्षित यात्रा गराउँदै गर्दा जे मन लाग्यो त्यो बोल्दा पर्यटकले राम्रो नमान्ने हुँदा बोलीमा मिठास हुनु जरुरी छ’, उनले भने । प्रमुख खनालले अरु बसको तुलनामा पर्यटक बसको दुर्घटना कमी भएको देखिएकाले अन्य बस चालकले पाठ सिक्नु जरुरी रहेको बताए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीले मुलुकमा राजनीतिक मुद्दा सकिएकाले अब आर्थिक विकास गर्नुपर्ने र आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास हुनु जरुरी रहेको बताए । ‘ट्याक्सी सफा, चालक सफा र लाग्ने शुल्कमात्र लिएमा पर्यटकलाई आकर्षित गर्न सकिन्छ’, उनले भने ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नेपालमा पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधारको विकास आवश्यक रहेको बताए ।

कार्यक्रमममा पर्यटकका हराएका सामान फेला पारी सम्बन्धित व्यक्तिलाई प्रदान गर्ने प्रहरी तथा चालकलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...