मूल्यबृद्धिबिरुद्ध उत्रिएका अनेरास्ववियुका बिद्यार्थीमाथि प्रहरीद्धारा अश्रुग्यास प्रहार

दर्जनौं बिद्यार्थी नेता घाइते

Annfsu

काठमाडौं । निर्वाचन आयोग, सरकार र इन्धनमा गरिएको मूल्यबृद्धिबिरुद्ध आन्दोलनमा उत्रिएको नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप भएको छ ।

सडक कब्जा गरी नाराबाजी गरिरहेका आन्दोलनकारी बिद्यार्थीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला लगायत दर्जनौं बिद्यार्थी नेता कार्यकर्ता घाइते भएको अखिलका सचिव आरसी लामिछानेले जानकारी दिए ।

आक्रोशित बिद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र इन्धनमा गरिएको मूल्यबृद्धि बिरुद्ध चर्का नारा लगाइरहेका छन् । सरकारले हिजोमात्र पेट्रोलियन पदार्थ र खाना पकाउने ग्यासमा मूल्यबृद्धि गर्ने निर्णय गरेको थियो ।

सचिव लामिछानेले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्पक्षेपको बिरोध गर्दै आन्दोलन अझै शशक्त बनाइने बताए । आन्दोलन र झडपपछि त्रिचन्द्र क्याम्सप आसपास घण्टाघर, रत्नपार्क, भोटाहिटी, जमल क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...