धनकुटालाई १ नं प्रदेशको राजधानी बनाउन माग गर्दै वालुवाटारमा धर्ना

Dhnkuta

धनकुटा । प्रादेशिक राजधानी निर्माण अभियान समितिले  प्रदेश नम्वर १ को राजधानी धनकुटालाई घोषणा माग गर्दै सोमबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा धर्ना र घेराउ  गरिएको छ । धनकुटालाई १ नम्वर प्रदेशको राजधानी नबनाए ठूलो आन्दोलन पूर्वमा गर्ने प्रधानमन्त्रीलार्इ चेतावनी दिएका छन ।

पूर्वाधार, सार्मथ्य, सुरक्षा, सुन्दरताको खानी रहेको धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउदा अन्तराष्ट्रिय सिमाना र भौगोलिक समदुरीले पनि उपयूक्त भएकाले धनकुटालाई १ प्रदेशको राजधानी हुनुपर्ने उनिहरुको माग रहेको छ । 

प्रादेसिक राजधानी निर्माण अभियान समितिले बालुवाटारमा घेराउ र धर्ना गरी १ नम्वर प्रदेशको राजधानी धनकुटालाई घोषणा गर्न माग गरेको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताए ।

प्रधान मन्त्रि शेर वहादुर देउवाको ध्यानाकर्षण गर्न आयोजना गरिएको धर्ना तथा घेराउ कार्यक्रमममा १ नम्वर प्रदेश सभाका सांसदहरु लिला सुब्बा, आरसी तुम्वा, बिना राई, कुसुम कुमारी श्रेष्ठ, पूर्व सांसद मनोहर नारायण श्रेष्ठ, पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल वराईली धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, धनकुटा काठमाडाै‌ विभिन्न पार्टीहरुका सम्पर्क समिति, गणतान्त्रिक मञ्च लगायतका पदाधिकारीहरु, धनकुटा लगायतका १ नम्वर प्रदेशका जिल्लाहरुबाट काठमाडौंमा आएर बसोबास गर्दै आएका धनकुटाका साथै विभिन्न जिल्लावासीको समेत सहभागिता रहेको थियो ।

प्रदेश नम्वर १ को धनकुटालगायत १४ वटै जिल्लाबाट र राजधानी काठमाण्डौमा धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउन माग गर्दै हस्ताक्षर गरिएको ७ लाख भन्दा बढीको हस्ताक्षर र ज्ञापन पत्र भोली प्रधानमन्त्रि शेरवहादुर देउवालाई बुझाउने कार्यक्रमको रहेको भूगोल र संरचनागत हिसाबले राजधानीका लागि धनकुटा उपयुक्त हुने भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले आज बिहान ८ः३० देखि ११ बजेसम्म धर्ना दिएका हुन् । 

सोही अवसरमा प्रदेशसभा सांसदहरू इन्द्रमणि पराजुली, कुसुम श्रेष्ठ, लीला श्रेष्ठ, प्रदेश राजधानी बनाउ अभियानका संयोजक उमेश घिमिरे, नागरिक समाज धनकुटाका अध्यक्ष द्रोण गुरागार्इं, जिल्ला विकास समति धनकुटाका पूर्व सभापति धर्म पौडेल लगायतले राजधानी बनाउँदा सबैका लागि उपयुक्त हुने भन्दै धनकुटालाई नै राजधानी बनाउनुपर्ने माग गरे । 

प्रदेश राजधानी बनाउ अभियानले धनकुटालाई प्रदेश राजधानी बनाउन माग गर्दै संकलन गरेको हस्ताक्षर मंगलबार प्रधानमन्त्रीलाई बुझाउने भएको छ ।

 

प्रतिकृया दिनुहोस