आयोगको काम कारबाही प्रति शंका जन्मिएको छ,

त्यसमा आयोग गम्भीर बनोस् : नेता नेम्बाङ

Nembang1

झापा । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङले ‘आयोगको काम कारबाही प्रति शंका जन्मिएकोले त्यस प्रति आयोग गम्भीर हुनुपर्ने बताए ।

निर्वाचन आयोगप्रति निकै आक्रामक देखिएका नेम्बाङले जनादेशलाई लत्याएर सरकार बन्न नदिनुले अनेक आशंका जन्माएको टिप्पणी गरे ।

झापाको दमकमा सोमबार बिहान पत्रकारसँग कुराकानी गर्दै नेता नेम्बाङले वर्तमान कामचलाउ सरकारले आलटाल गरेर सत्तामा रहन खोज्नु लोकतान्त्रिक मूल्य मान्यताविपरीत भएको बताए ।

राष्ट्रियसभाको निर्वाचन गराएर मात्र नयाँ सरकार बन्न सक्ने तर्क गर्न खोज्नु जनमतको भावना विपरीत हुने नेम्बाङको दाबी थियो । उनले भने, ‘नयाँ सरकार निर्माण गर्न राष्ट्रियसभाले असर गर्दैन ।’

इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता नेम्बाङले वाम गठबन्धनबीचको एकता कसैले रोक्न नसक्ने धारणा राखे । निर्वाचनबाट वाम गठबन्धनको घोषणापत्र अनुमोदित भइसकेको चर्चा गर्दै नेम्बाङले भने, ‘त्यसले छिट्टै पूर्ण आकार निर्माण गर्दैछ त्यसमा कसैले आशंका गर्न आवश्यक छैन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...