राष्ट्रिय सभाको निर्वाचनपछि मात्र प्रतिनिधिसभाको समानुपातिक नतिजा : आयुक्त यादव

Yadav

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दलहरुले प्रदेशसभाको समानुपातिक तर्फ पहिला बुझाएको बन्द सूचिबाट नाम तलमाथि गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्बल नेपालले आइतबार गरेको कार्यक्रममा बोल्दै आयुक्त यादवले नाम तलमाथि गरेको भन्ने विषयमा आयोगले छानविन भइरहेको बताए । ‘निर्वाचन आयोगको निर्देशिका अनुसार पहिलाबन्द सूचिमा नाम जुन बुझाइएको छ, त्यहीअनुसार अहिले नाम पठाउनुपर्छ ।

त्यसमा क्रमसंख्या तलमाथि गर्ने अधिकार दलहरुलाई छैन । त्यो भनेको कानुन र निर्देशिका विपरित हुन्छ । त्यस विषयमा आयोगको सचिव र जिल्ला निर्वाचन अधिकृतहरुले छानबिन गरिरहनुभएको छ ।’

यादवले राष्ट्रियसभाको चुनाव नभए सम्मप्रतिनिधीसभा चुनावको परिणाम सार्वजनिक गर्न नमिल्ने बताएका छन् । आयुक्त यादवले राष्ट्रियसभाको चुनावपछि आएको नतिजाका आधारमा प्रतिनिधि सभातर्फ समानुपातिकको नतिजा सार्वजनिक गरिने बताए ।

संविधानअनुसार संघीय संसदमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने भएकाले राष्ट्रियसभाको नतिजापछि महिलाको सहभागिता कति थप्नुपर्ने हो त्यो प्रतिनिधी सभाको समानुपातिकबाट पूर्ति गर्नुपर्ने यादवले बताए ।

उनले राष्ट्रियसभा र प्रतिनिधिसभा गरी कूल ३ सय ३४ को ३३ प्रतिशत महिला चाहिने भएकाले त्यसका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पूरा गर्नुपर्ने व्यवस्था भएको बताए ।

राष्ट्रियसभाको चुनावको मिति घोषणा भएको बढिमा ३० दिनभित्र सबै नतिजा सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था भएकाले सोही अनुसार आयोगले कामगर्ने यादवले बताए ।

यादवले राष्ट्रिय सभाको चुनावका लागि प्रदेश प्रमुख पहिला तोक्नुपर्ने कानुनी व्यवस्था भएको जानकारी गराएका छन् । राष्ट्रिय सभाको चुनावका मतदाता प्रदेश सासंद भएकाले उनीहरुले पहिला शपथ ग्रहण गर्नुपर्ने उनले बताए । शपथ खान प्रदेश प्रमुखको आवश्यकता रहेको यादवले बताए ।

यादवले प्रतिनिधिसभाको समानपातिक तर्फको नतिजा लुकाएको भन्ने एमाले नेताहरुको अारोपको खण्डन गरे । नतिजा सार्वजनिक गर्न कानुनी प्रक्रिया केके छ भनेर नजानेकाले एमालेका नेताहरुले त्यस्तो आरोप लगाएको उनको भनाई थियो ।

नेम्वाङले प्रतिनिधिसभाको निर्वाचन सम्पन्नभएको एक महिना पुग्नलाग्दा पनि आयोगले समानुपातिक तर्फको नतिजा लुकाएर राखेकोआरोप लगाएका थिए । यादवले नियमअनुसार राष्ट्रियसभाको चुनाव सकिएपछि मात्रै प्रतिनिधीसभा तर्फको समानुपातिक नतिजा सार्वजनिकगर्न मिल्ने दाबी गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...