काँग्रेसका युवा नेता भन्छन्, पार्टीभित्र आन्तरिक मेलमिलाप आवश्यक
.jpg)
काठमाडौँ । नेपाली काँग्रेसका युवा नेताहरुले पार्टीभित्र मेलमिलापको खाँचो रहेको बताएका छन् ।
नेपाल विद्यार्थी संघ प्रदेश नं ३ ले ४२औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर शनिवार आयोजना गरेको ‘मेलमिलाप नीति र नेपाली काँग्रेसमा पुनर्जागरणको बहस’ विषयक विचार गोष्ठीमा युवा नेताहरुले नेतृत्वको कार्यशैलीका कारण पार्टी प्रदेशसभा र प्रतिनिधिसभामा पराजित हुन पुगेको बताएका हुन् ।
काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले वर्तमान नेतृत्वको सोच र कार्यशैलीबाट पार्टी परिवर्तन नहुने बताए । “पुरानो डाक्टरबाट काँग्रेसभित्र लागेको रोग निको हुन सक्दैन, त्यसैले रोग निको पार्न युवा नै जागरुक हुनुपर्छ”, नेता भण्डारीले भने ।
केन्द्रीय सदस्य गगनकुमार थापाले मुलुकमा बिपी कोइरालाले देखाएको प्रजातन्त्रको सिद्धान्तमा कम्युनिष्ट पार्टीहरु आएको भन्दै प्रजातन्त्रलाई बलियो बनाउनका लागि काँग्रेस लाग्नुपर्ने बताए । “प्रजातन्त्रलाई बलियो बनाउन युवाको नेतृत्व आवश्यक छ”, उनले भने ।
केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा काँग्रेसले कमजोर नतिजा ल्याएको भन्दै अब काँग्रेसभित्र पुनर्जागरणको खाँचो रहेको बताए । उनले पार्टी र लोकतन्त्रलाई बलियो बनाउनका लागि आन्तरिक मेलमिलाप बलियो हुनुपर्नेमा जोड दिए ।
केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनमा टिकट वितरण प्रक्रिया असमान हुँदा पार्टीले कमजोर नतिजा ल्याएको बताए । “प्रहरी महानिरीक्षक नियुक्ति, प्रधानन्यायाधीश महाभियोगलगायत प्रकरणका कारण पार्टीको जनमत घटेको हो”, उनले बताए ।
नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री उमेशजंग रायमाझीले नेतृत्वको गलत कार्यशैलीका कारण पार्टीले कमजोर नतिजा ल्याएको भन्दै नेतृत्वपंक्ति सच्चिनु जरुरी रहेको बताए ।
नेपाली काँग्रेसका पूर्व सांसद कौशर शाह, नेवि संघका महामन्त्री कुन्दनराज काफ्ले, नेविसंघ केन्द्रीय सदस्य रत्नहरि ढुंगेल, नेवि संघ धादिङ जिल्लाका सभापति ईश्वर अधिकारी, नेवि संघका नेता निरञ्जन थापालगायतले काँग्रेसलाई पुनर्जागरण गर्न युवा एकजुट हुनुपर्नेमा जोड दिए ।
नेवि संघ प्रदेश नं ३ का संयोजक एवं नेवि संघ उपाध्यक्ष रामप्रसाद अधिकारीले निर्वाचनमा कमजोर नतिजा ल्याएको काँग्रेसलाई पहिलेको अवस्थामा पु¥याउनका लागि नेवि संघले केन्द्र, प्रदेश, जिल्ला हुँदै गाउँसम्म पुनर्जागरण अभियान चलाउने बताए ।
सम्बन्धित समाचार
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
संसदमा प्रधानमन्त्रीले भने, ‘शान्तिरानीको गीतले ढलेँ-ढलेँ, भन्ने गीत पार्टी उत्सवमा सुहाउला, राजनीतिमा त्यति सुहाउँदैन’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्र्याउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेनु...
धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...
प्रतिकृया दिनुहोस