राजपाको कार्यालयमा तोडफोड, को-को परे समानुपातिकमा ? सुचीसहित

Ra ja pa todfod

काठमाडौं । प्रदेशसभाको समानुपातिक सदस्य चयनमा अन्याय भएको भन्दै राष्ट्रिय जनता पार्टीको कार्यालयमा तोडफोड गरिएको छ ।

समानुपातिक सदस्य चयनमा नातावाद र क्रिपावाद भएको भन्दै मधेसी कर्मचारी मञ्चका सदस्यहरुले पार्टी केन्द्रीय कार्यालयमा तोडफोड गरेका छन् ।

मञ्चका पूर्वअध्यक्ष विनोदकुमार सिंह प्रदेश २ को समानुपातिकमा थिए । उनी सरकारी जागिर छाडेर समानुपातिकमा थिए । तर, उनी समानुपातिकमा नपरेपछि शुक्रबार साँझ कार्यालयमा तोडफोडमा उत्रिएका छन् ।

राजपाले १२ समानुपातिक प्रदेशसभा सदस्य छनोट गरेको थियो । अध्यक्ष मण्डलहरुको बैठकले प्रदेश २ का १०, प्रदेश ५ र ७ का एक/एक सदस्य छनोट गरेको हो । प्रदेश २ मा ७ महिला र ३ पुरुष सिफारिस भएका छन् ।

अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी डिम्पल झा पनि प्रदेशसभा सदस्य बनेकी छन् । उनी पूर्व सभासद पनि हुन् । उनी झाको कोटामा परेकी हुन् । यसरी समानुपातिक सदस्य चयन गर्दा नातावाद क्रिपावाद भएको भन्दै राजपा कार्यालय तोडफोड गरिएको बताएको छ ।

को-को परे समानुपातिकमा ?

प्रदेश २
१. बविता चौधरी
२. निलम देवी भुमिहारिन
३. अन्जु कुमारी
४. पुनम यादव
५. विभा ठाकुर
६. डिम्पल झा
७. रामनरेश राय
८. जानकी शरण साह
९. राम प्रवेश बैठा
१०. लैला खातुन

प्रदेश नं ५
१ अब्दुल कांदिर शेँख 

प्रदेश नं ७
१ सुनिता चौधरी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...