समानुपातिकमा नपर्दा किन आक्रोसित भए कर्णबहादुर थापा ? जो मुख्यमन्त्रीका दावेदार थिए

Kb thapa


काठमाडौं । नेकपा एमालेले पूर्वमन्त्री कर्णबहादुर थापालाई प्रदेशसभामा समानुपातिक सूचीमा राख्यो । उनलाई प्रदेशसभाको समानुपातिकमा राख्नुको एउटै मात्र कारण थियो प्रदेश नं. ७ को मुख्यमन्त्री बनाउने ।

तर, दुर्भाग्य प्रदेश नं. ७ का निर्विकल्प भनिएका थापा समानुपातिकमा अटेनन् । जसका कारण एमालेले आफ्नो पकट क्षेत्र मानेको प्रदेश नं. ७ मा को मुख्यमन्त्री बनाउने भनेर सहज व्यक्तिको चयन गर्न समस्या आउने देखिएको छ ।

एमालेका वैकल्पिक पोलिटब्युरो सदस्यसमेत रहेका थापालाई एमालेले प्रदेश नं. ७ को मुख्यमन्त्री बनाउने गरी प्रदेशसभामा समानुपातिकमा राखेको थियो । थापाको नाम समानुपातिक तर्फको सूचीमा दोस्रो नं. मा समावेस पनि गरिएको थियो । थापाले निरन्तर टिकट पाइरहदा जिल्लामा दोस्रो पुस्ताका नेताहरूले अवसर नपाउने अवस्था नआओस् भनेर समानुपातिक तर्फको बाटो रोजेका थिए ।

एमालेले पदेश नं. ७ मा ८ वटा समानुपातिक सदस्य परेको थियो । यहाँ एमालेले १७ प्रत्यक्षतर्फ विजयी भएका थिए । पदेश नं. ७ मा एमालेको भागमा परेको ८ जना कोटामा महिलालाई समावेश गरेको छ । योसँगै प्रदेश नं. ७ मा एमालेले सर्वसम्मत ढंगले मुख्यमन्त्री चयन गर्न निकै सकस पर्ने देखिएको छ ।

उनी बाजुरा जिल्लाबाट २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएर विजयी भएका थिए । त्यही भएर पनि एमालेले थापालाई प्रदेश नं. ७ को मुख्यमन्त्री बनाउन चाहेको थियो ।

यस्तो छ थापाको फेसबुक स्टाटस
कर्णबहादुर थापालाई प्रदेश नं. ७ मा मात्रै होइन, एमालेभित्रै पनि रामा नेताका रूपमा हेरिने गरिएको छ । थापाले समानुपातिकमा सिफारिस नभएपछि फेसबुकमार्फत आफूलाई मुख्यमन्त्रीको रूपमा हेर्न चाहने नेता तथा कार्यकर्ताहरूलाई आभार प्रकट गरेका छन् ।

उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘यस परिणामले ७ नं प्रदेशले सर्वस्वीकार्य नेतृत्व नपाउने लगभग निश्चित भएको छ । पार्टीको निर्णयको उल्लंघनबाट परेको र पर्ने नकारात्मक प्रभावको जिम्मेवारी सम्बन्धित व्यक्तिहरूले लिनुपर्दछ । देश, जनता र पार्टीलाई गम्भीर नोक्सानी पार्ने अधिकार कसैलाई पनि छैन ।’

उनले बिहिवार आफ्नो फेसबुकमा भनेका छन्, ‘पार्टी स्थायी कमिटीले ‘क’ मा मर्यादा विष्टलाई कञ्चानपुर जिल्लाको १ नं. निर्वाचन क्षेत्रको प्रदेश नं २ मा उम्मेद्धवार उठाउने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन भएको भए समानुपातिकबाट मेरो नाम पर्ने निश्चित थियो । २० निर्वाचन क्षेत्रभित्र एक जना पनि महिला उम्मेद्धवार नपारिनुले म लगायतका अन्य जिम्मेवार कमरेडहरू पनि ७ नं. प्रदेशको विकास र संबृद्धिमा योगदान गर्नबाट बञ्चित पारिएका छन् ।’

‘देश, जनता र पार्टीको लागि वगाएको रगत, पसिना र श्रमको मुल्यका खातिर निरन्तर सघर्ष चलिरहनेछ । सबै प्रकारका जालझेल, षडयन्त्र अन्त्यको लागि आजसम्म लडेर आइएको छ । र, यो लडाई जारी रहनेछ । सत्य स्थापित गर्न सबै कमरेडहरू र आम जनताले आजसम्म मलाई साथ दिनु भएको छ । मलाई विश्वास छ, यहाहरूको साथ र सहयोग सधैं प्राप्त हुनेछ ।’ उनले आफ्नो स्टाटसमा यसरी आफु समानुपातिकमा नपर्दा प्रदेश नं. ७ ले सर्वसम्मत मुख्यमन्त्री नपाउने हो कि भन्ने चिन्ता पनि व्यक्त गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...