एमालेले टुंग्यायो ७५ जना समानुपातिक सांसदको नाम

Uml party offic

काठमाडौं । लामो समयको रस्साकस्सीपछि नेकपा एमालेले समानुपातिकतर्फ सात वटै प्रदेशसभाका सांसदको टुंगो लगाएको छ ।

विहीबार एमाले अध्इक्ष केपी शमौ ओलीको निवासमा बसेको एमाले स्थायी समितिको बैठकले सात वटै प्रदेशसभाका सांसदको टुंगो लगाएको हो । एमालेले सबैको नाम शनिवार निर्वाचन अयोगलाई पठाउने तयारी गरेको छ ।

बैठकले प्रदेश सभामा पार्टीको तर्फबाट समानुपातिकमा जाने ७५ जनाको सूचिको अन्तिम टुंगो लगाएको छ । यो सूचि शनिवार निर्वाचन आयोगमा बुझाउने तयारी भइरहेको पार्टी सचिव योगेश भट्टराईले बताए । प्रदेश सभामा प्रत्यक्षबाट १ सय ६८ जना र समानुपातिक तर्फबाट ७५ जना गरी २ सय ४३ जना सदस्यले प्रदेश सभामा प्रतिनिधित्व गर्ने छन् ।

सो बैठकले एमालेले प्रतिनिधिसभाको समानुपातिक तर्फको सिट संख्या चाँडो सार्वजनिक गर्न पनि निर्वाचन आयोगलाई आग्रह गरेको छ । भोलि नै आयोगको कार्यालय पुगेर एमालेले यसबारे ध्यानाकर्षण गराउने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...