फोरमसँग चाँडो एकता हुने गरी छलफल भइरहेको छ : नेता महतो

Rajendra mahato

 

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपालवीच चाँडो पार्टी एकता हुने गरी छलफल भइरहेको बताएका छन् । 

रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा उनले फोरमसँग तत्काल एकता प्रक्रिया शुरु गर्ने बताए । 

“राजपा र फोरमबीच चाँडो एकता हुन्छ, अहिलेको जनमत पनि दुई पार्टी एकताका लागि नै हो,” नेता महतोले भने– “संविधान संशोधन र जनताको अधिकारलाई केन्द्रविन्दुमा राखेर हामी अघि बढेका छौं ।” 

धनुषा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता महतोले राजपाको ध्यान सरकार निर्माणमा नभएको बताउँदै प्रदेश नं २ को सरकार पनि राजपा र फोरमबीचको गठबन्धनको हुने स्पष्ट पारे । 

राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्न नहुने धारणासमेत उनले व्यक्त गरे । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...