ओली-प्रचण्डबीचको गोप्य छलफल सकियाे, यस्तो भयो सहमति

Kp oli &  pkd

काठ्माडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो  १ बजेदेखी ओली निवास बालकोटमा भएको भेटबार्तामा सकिएको छ ।

ओली निवास बालकोटमा भएको भेटमा अध्यक्ष प्रचण्ड र ओलीबीच पार्टी एकता, सरकार गठन, राष्ट्रिय सभा अध्यादेश लगायतका विषयका विषयमा छलफल भएको बताइएको छ । भेटमा ओली र दाहालबीच गोप्य छलफलमा जनताले नयाँ जनादेश दिएको परिस्थितिमा वर्तमान सरकारले नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्ने विषयमा दुई अध्यक्षबीच बीच छलफल भएको हो ।

दुई नेताबीच नयाँ सरकार गठनबारे छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए। नयाँ सरकार गठनको लागि अहिलेको सरकारले मार्ग प्रशस्त गर्नुपर्नेमा दुवै नेता सहमत भएका छन्। अधिकारीले ओलीलाई उद्धृत गर्दै भने, ‘अध्यादेशको गाँठो फुकाउन सरकार आफैंले पहल गर्नुपर्छ। त्यसका लागि अध्यादेश फिर्ता लिनुको विकल्प छैन।’

निर्वाचन आयोगले समेत नयाँ सरकार गठनका विषयमा वातावरण सहज बनाउनुपर्ने दुई अध्यक्ष बीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएको छ । ओली र प्रचण्डबीच १–२ दिनमै संयोजन समितिको बैठक बोलाएर पार्टी एकताको प्रक्रिया अघि बढाउने समझदारी भएको हो ।

भावी प्रधानमन्त्रीका विषयमा खासै विवाद नभएपनि एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने, नगर्ने तथा कस्तो वैचारिक संगठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबीच फरक फरक धारणा आउँदा पार्टी एकताबारे केही भ्रम र अन्योलसमेत सिर्जना भएको अवस्थामा आजको भेटले त्यसलाई चिर्ने काम गरेको बुझिएको छ ।

मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित गत असोज १७ गते एमाले र केन्द्रले एकता र तालमेलको घोषणा गरेका थिए । दुई दलले पार्टीको साझा दस्तावेज, विधान र संगठनात्मक खाका कोर्न अलगअलग कार्यदल पनि गठन गरेका छन् ।

नयाँ सरकार गठनका लागि दुई शीर्ष नेताबीच गहन छलफलसमेत हुन नसकेको भन्दै आलोचना भएपछि भेटबार्ता भएको हो। दाहाल तीन दिन चितवनमा भएकाले भेट भएको थिएन।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...