वाम गठबन्धनको सरकारमा मधेशी दललाई समेट्ने पहल हुदैछ : नेता पोखरेल
काठमाडौँ । नेकपा (एमाले)ले आफ्नो नेतृत्वमा नेकपा (माओवादी केन्द्र) सहित मधेशकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको छ ।
एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका दुई वाम पार्टीका शीर्ष नेताहरु सरकार गठन र पार्टी एकतामा अनौपचारिक छलफलमा जुटिरहेका बेला एमाले नेतृत्वले अन्य दललाई पनि समेट्न गृहकार्य गरेको हो ।
एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेपाली काँग्रेस प्रतिपक्षमा बस्ने भएकाले सहकार्यमा आउन चाहेको अवस्थामा वाम गठबन्धनका प्रमुख नेताहरुको सल्लाहमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमलाई सँगै लिएर जानु आवश्यक भएको बताउँदै यसले मुलुकको समृद्धि र सरकारको प्रभावकारितामा बल प्रदान गर्ने स्पष्ट पारे ।
प्रदेश नं २ मा मधेश केन्द्रित दलले जितेको अवस्थामा उहाँहरुप्रति आफूहरुले मिलेर काम गर्ने सन्देश दिनका लागि संवाद गरेको बताए । यस विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओली र फोरमका अध्यक्ष उपेन्द्र यादवबीच एक चरण भेटवार्ता भइसकेको छ ।
नेता पोखरेलले भने, “निर्वाचन आयोगले अन्तिम परिणाम दिएपछि सरकार निर्माणको औपचारिक प्रक्रिया शुरु हुन्छ, यस स्थितिमा एक अर्कामा अविश्वास पैदा गराउने काम भएको छ । हामी जनताबाट प्राप्त जनादेशअनुसार पार्टी एकता र सरकार निर्माणमा अघि बढ्नेछाँै ।”
उनले पार्टी एकता र सरकार निर्माणबारे कुनै गम्भीर समस्या नरहेको दाबी गर्दै निर्वाचनको तालमेलदेखि नै एमाले र केन्द्रको एकताको प्रक्रिया शुरु भएको र निर्वाचनका समयमा कार्यकर्ताबीच थप उत्साह देखिएको बताए । वाम गठबन्धनमा कुनै असहजता उत्पन्न नभएको र उत्पन्न भएमा पनि दुई अध्यक्ष आपसमा बसेर सजिलै हल गर्न सक्ने स्थितिमा आफूहरु रहेको दाबी गरे ।
“एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया जारी छ, यसले संस्थागत रुपमा पूर्णता पाउन नीति, विधान र नेतृत्व निर्माणका प्रक्रिया पार गर्दा केही समय लाग्न सक्छ,” उनले भने, “एकता नभएमा गठबन्धनका नेताबीच आलोपालोका आधारमा प्रधानमन्त्री वा अन्य जिम्मेवारी चयन हुन सक्छ, एकतापछि आलोपालो नभई नेताहरुको जिम्मेवारीको कार्यविभाजन तोक्ने काम हुन्छ ।”
दुई वाम दलको चुनावी गठबन्धनले सुविधाजनक बहुमत ल्याएपछि नेताहरुको जिम्मेवारी बाँडफाँड र सैद्धान्तिक आधारका विषयमा सहमति खोज्न गृहकार्य जारी छ । उनले पार्टी एकताका लागि दुई पार्टीबीचका कार्यदलबाट आउने सुझावबमोजिम साझा सैद्धान्तिक विचार र कार्यक्रम तय हुने जनाए । दुई पार्टीबीच गत असोज १७ मा पार्टी एकता र चुनावी तालमेलको घोषणा भएको थियो ।
सम्बन्धित समाचार
इलामबाट प्रतिनिधिसभामा सुहाङ नेम्वाङको सानदार ‘इन्ट्री’
काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुह...
बझाङमा एमालेका भण्डारी विजयी हुँदा एमालेलाई फलिफाप, को हुन् भण्डारी ?
बझाङ । बझाङ १ को प्रदेश सभा (१) मा भएको उपचिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी विजयी भएका छ...
इलाममा सुहाङले कटाए १० हजार, पहिचानवादी कांग्रेसलाई पछ्याउँदै
इलाम । उपनिर्वाचन अन्तर्गत इलाम २ को मतगणना जारी छ । जारी मतगणनाअनुसार नेकपा एमाले उम्मेदवार सुहा...
इलाम २ मा कांग्रेसका खड्का अगाडी अगाडी, पछ्याउँदै सुहाङ नेम्वाङ
इलाम । इलाम २ शनिबार सम्पन्न उपनिर्वाचनमा मतगणताको पहिलो प्रारम्भिक नतिजा सार्वजनिक हुँदा नेपाली ...
इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने
काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...
एमाले प्रतिनिधि परिषद्द्वारा १५ बुँदे प्रस्ताव पारित, गठबन्धन तोड्ने काम नगर्न आग्रह
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक १...
‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी
काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...
प्रतिकृया दिनुहोस