संगठन सुदृढ नभएका कारण पराजय भोग्नु परेको राप्रपा (राष्ट्रवादी) को निष्कर्ष 

Dr. prakash

 

काठमाडौँ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को आज सम्पन्न उच्चस्तरीय केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सातै प्रदेशमा आगामी माघदेखि फागुनसम्म संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । 

पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय कार्यालय धूम्रबाराहीमा भएको बैठकले तीन महिनाको अवधिमा सबै स्थानीय तह र प्रादेशिक तहमा पार्टीका विद्यार्थी, युवा र महिला संघलाई जनवर्गीय संगठनका रुपमा स्थापना गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए । 

पार्टीको वैचारिक दृष्टिकोणलाई देशभर फैलाउन निर्देशन दिएको उक्त बैठकले देशका प्रत्येक वडामा भरपर्दो र बलियो संगठन नभएका कारण चुनावमा पराजय भोग्नु परेको निष्कर्ष निकालेको छ । 

पार्टी अध्यक्षले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको सो बैठकले जनताको सेवालाई केन्द्रमा राखेर राजनीतिक गतिविधि सञ्चालन गर्न नयाँ गठन हुने जनवर्गीय संगठनलाई उपयोग गर्ने निर्णय गरेको छ । 

पार्टीले देशभरबाट करिब ४०० उम्मेदवार प्रतिनिधिसभा र प्रदेशसभामा उठाएको भए पनि कुनै सिट संख्या प्राप्त गर्न नसकेको उक्त दलले प्रतिनिधिसभाको समानुपातिकमा भने ०.३५ प्रतिशत मत प्राप्त गरेको थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...