नयाँ जनवादी क्रान्तिको तयारी गर्नु अहिलेको कार्यभार : वैद्य

Mohan baidhya

काठमाडौँ । नेकपा (माओवादी)का महासचिव मोहन वैद्य माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक पथप्रदर्शनमा नेपालमा नयाँ जनवादी क्रान्तिको तयारी गर्नु आजको कार्यभार भएको बताएका छन् । 

कम्युनिष्ट नेता माओ त्सेतुङको १२५औँ जन्म दिवसका अवसरमा मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेता वैद्यले क्रान्तिलाई अगाडि बढाउनका लागि माओले देखाएको बाटामा दृढतापूर्वक अगाडि बढ्न आह्वान गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, “सिंगोे विश्वका साथै नेपालमा पनि क्रान्तिका लागि साम्राज्यवाद र दक्षिणपन्थी संशोधनवादद्वारा भीषण अवरोध तथा चुनौती तेस्र्याइएका छन् । यस प्रकारको कार्यभार वहन गर्नका लागि माओ दिवसले हामीलाई विशेष ऊर्जा र उत्प्रेरणा प्रदान गर्दछ ।” 

माओले चीनमा मात्र होइन विश्वक्रान्तिकै निम्ति सैद्धान्तिक हतियार प्रदान गरेको उल्लेख गर्दै वैद्यले उनको ऐतिहासिक योगदान सबैका लागि अविस्मरणीय रहेको जनाएका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...