माओवादी केन्द्रका नेता ‘आहूति’ ले गरे पार्टी छोडेको घोषणा

Ahuti

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता विश्वभक्त दुलाल ‘आहूति’ ले एमालेसित पार्टी एकता गर्ने निर्णयप्रति असहमति जनाउँदै पार्टी छोडेको घोषणा गरेका छन् ।

आहूतिले आफू पार्टीमा नरहेको र पुष्पकमल दाहाल प्रचण्ड आफ्नो नेता नभएको जानकारी दिए । उनले एकताबारे पार्टीमा कुनै छलफल नभएको भन्दै केही नेताले निर्णय गर्दैमा एकता हुन नसक्ने बताए ।

एकता नभई माओवादी केन्द्र एमालेमा बिलय हुन लागेको उनको भनाइ थियो । दुई पार्टीबीच विचार नीति, सिद्धान्त र कार्यक्रममा आकाश पाताल फरक रहेको र ती विषयमा मतभेद अन्त्यको प्रयासै नगरी गरिएको एकता आम नेता र कार्यकर्ताका लागि स्वीकार्य हुन नसक्ने उनले प्रष्ट्याए ।

विगतमा एमालेले माओवादीमाथि र माओवादीले एमालेमाथि लगाएका आरोप र दस्तावेजमा उल्लेख गरिएका प्रवृत्तिमा कुनै परिवर्तन नगरी हतारमा एकताको निर्णय भएको उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...