एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठक बस्दै

Oli & dahal

काठमाडौं ।  नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु मंगलबार बैठक बस्ने भएको छ । बैठक बस्नु पुर्व एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएपछि संयुक्त बैठक बस्ने तयारी भएको बताइएको छ ।

चुनावमा तालमेल गरेका एमाले र माओवादीले पार्टी एकता गर्न ‘पार्टी एकता संयोजन समिति’ गठन गरेपनि शीर्ष नेताहरु सम्मिलित समितिको औपचारिक बैठक भने बस्न सकेको छैन ।

प्रचण्ड चितवनबाट राजधानी फर्किएपछि एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी गरिएको छ । तर भेटवार्ता र बैठकको समय तय भइसकेको छैन् । प्रचण्ड दिउँसो तीन बजे चितवनबाट काठमाडौं आउँदैछन् । त्यसपछि भेटवार्ता र बैठकको तयारी भइरहेको छ । काठमाडौं फर्किएलगत्तै ओलीसँग भेटवार्ता हुने पक्का भए पनि समय र स्थान निश्चित भएको छैन् ।

भेटवार्तामा राष्ट्रियसभा गठनको विवाद समाधान, नयाँ सरकार गठनको तयारी, एमाले-माओवादी पार्टी एकीकरणको गृहकार्यलगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...