देउवा पक्षधरले यसरी कुटे पौडेल समर्थकलाई

पोखरा । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको हारको चोट बोकेको नेपाली कांग्रेसमा कार्यकर्ता एकापसमा कुटाकुटमा उत्रिएका छन् ।

नेपाली कांग्रेस स्याङ्जा क्षे नं. २ ले गरेको समिक्षा बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच आरोप प्रत्यारोप हुँदा कुटाकुट भएको छ । जसका कारण ३ जना घाइते भएका छन् ।

सोमबार वालिङको पतञ्जली हलमा भएको समिक्षामा हारका कारणबारे एक पक्षले अर्काे पक्षलाई आरोप लगाएका थिए । एक पक्षले अर्काे पक्षलाई आरोप पुष्टि गर्न दवाव दिइरहेका बेला दुबै पक्षबीच कुटाकुट भएको थियो । यसरी कुटाकुट हुँदा भेषराज अर्याल, कमल ढकाल र सुशील काफ्ले घाइते भएका छन् ।

घाइतेमध्ये अर्याल र ढकाललाई उपचारका लागि काठमाडौं लगिएको नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ ।

स्याङ्जालाइ नेपाली कांग्रेसको पकेट क्षेत्र मानिँदै आएको थियो । तर, २१ मंसिरमा भएको निर्वाचनमा क्षेत्र नं. १ मा १० हजार र क्षेत्र नं. २ मा ३ हजार ७ सयको मतान्तरले कांग्रेस उम्मेदवार पराजित भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...