प्रेस काउन्सिलको अधिकारमा प्रहरी हस्तक्षेप भएको प्रेस चौतारीको आरोप
काठमाडौँ । प्रेस चौतारी नेपालले नेपाल प्रहरीले समाचारको विषयलाई लिएर पाँच सञ्चारमाध्यम र त्यसका सम्पादकलाई पत्र काटेकामा आपत्ति जनाएको छ ।
प्रेस चौतारीका महासचिव राजेश राईले ललितपुर–१ बाट नवनिर्वाचित सांसद तथा पूर्वप्रहरी नायब महानिरीक्षक नवराज सिलवालविरुद्धको मुद्दा छानविन गर्ने नाममा सञ्चारमाध्यमलाई पत्र काट्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको हस्तक्षेप भएको बताएका छन् ।
“प्रकाशित समाचारको स्रोत दिन आदेशसहित पत्र लेखिनु र पत्रकारको ‘कल डिटेल’ मागिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको हस्तक्षेप मात्रै नभई यो राज्य आतंकसमेत हो”,विज्ञप्तिमा भनिएको छ, “प्रेस काउन्सिल नेपालको अधिकार क्षेत्रभित्र रहेको विषयलाई नेपाल प्रहरीले हस्तक्षेप गरी संवैधानिक र कानूनी व्यवस्थाको समेत धज्जी उडाएको छ ।”
चौतारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संवैैधानिक व्यवस्था विरोधी यस्तो कदम तत्काल सच्चाउन आग्रह गर्दै पत्रकारलाई स्वतन्त्र र भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सबै पक्षसँग माग गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँले रोशन खड्का (काठमाडौँपाटी डटकम), रवि धामी (मूलधारन्यूज डटकम) मदनबाबु भण्डारी (सुशासन डटकम), खिलानाथ ढकाल (शुभदिन डटकम) र रोशन पाण्डे (जनप्रहार साप्ताहिक÷अपराध खबर डटकम) लाई सिलवालसँग सम्बन्धित समाचारको स्रोत माग्दै पत्राचार गरेको बताइएको छ । पाँचै पत्रकारको पछिल्लो एक वर्षको ‘कल डिटेल’ लिन निर्देशन दिइएको थाहा भएको छ ।
सम्बन्धित समाचार
एकीकृत समाजवादी भन्छ, सुदूरपश्चिममा दीर्घ सोडारी मुख्यमन्त्रीको उम्मेदवार हो
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई मुख्यमन्त्...
ओली भन्छन्, अहिलेको सत्ता समीकरण बनाउन ‘प्रचण्ड’को साहसिक निर्णय थियो
झापा । कुनैबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति निक्कै गरम कुरा गर्ने पूर्वप्रधानमन्त...
सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का
काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...
कांग्रेस निकट प्रदेश प्रमुख पदमुक्त, एमाले निकट सिफारीस
काठमाडौं । सत्ता गठबन्धन परिवर्तन भएसँगै कांग्रेस कोटाका प्रदेश प्रमुख हटाएको छ । मन्त्रिपरिषद्क...
जिम्मेवारी विना नै नयाँ गठबन्धनका ३ मन्त्रीले लिए सपथ
काठमाडौं । नयाँ गठबन्धन बनेसँगै तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार साँझ ...
राष्ट्रिय सभाका १९ जना सांसदले लिए शपथ
काठमाडौं । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदले शपथ लिएका छन् । सोमबार सङ्घीय संसद् भवनको ल...
सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का
काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...
प्रतिकृया दिनुहोस