राष्ट्रियसभा गठन अध्यादेश चाँडो प्रमाणीकरण गर्न माग

Nsu

 

काठमाडौँ । नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन अध्यादेश चाँडो प्रमाणीकरण गर्नुपर्ने माग गर्दै दबाबमूलक पदयात्रा निकालेको छ । 

नेविसंघले दुई महिना अगाडि सरकारले पठाएको अध्यादेश स्वीकृत नगरिएको भन्दै निकालेको पदयात्रा विश्वभाषा क्याम्पस, पद्मोदय मोड, बागबजार चोक, पद्मकन्या क्याम्पस हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । 

सभालाई सम्बोधन गर्दै नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले संविधानको जगमा टेकेर बनेका राष्ट्रपतिले संविधानअनुसार पठाइएको अध्यादेशलाई रोक्न नमिल्ने बताए । “राष्ट्रपतिले कुनै दलको भनाइको पछाडि लाग्नुभन्दा पनि संविधानलाई टेकेर निर्णय गर्नुपर्छ”, उनले भने । 

नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले दुई महिना अगाडि नै पठाइएको अध्यादेश चित्त नबुझे १५ दिनभित्र फिर्ता पठाउने प्रावधान रहे पनि रोक्नु संविधान विपरीत भएको बताए । अर्का उपाध्यक्ष डिल्लीराम सुवेदीले अध्यादेश रोकेर संवैधानिक संकट ल्याउन नहुने बताए । “अध्यादेश चाँडो पास गरेर नयाँ सरकार निर्माणको बाटोमा जानुपर्छ”, उनले भने । 

कार्यक्रममा नेविसंघ पूर्वसहमहामन्त्री बलदेव तिमल्सेना, पूर्वकेन्द्रीय सदस्य युवराज पाण्डे, केन्द्रीय सदस्य सुशील भट्ट र रत्नहरि ढुंगेल, नेविसंघ नेता विपीन अधिकारी, दुजाङ शेर्पालगायतले अध्यादेश तत्काल स्वीकृत नगरे सोमबारदेखि देशभर आन्दोलन गरिने चेतावनी दिए । 

सरकारले सिफारिस गरेर राष्ट्रपति कार्यालयमा पठाए पनि उक्त अध्यादेश प्रमाणीकरण हुन नसक्दा राष्ट्रियसभा गठनमा ढिला भएको छ । राष्ट्रियसभाको गठनबारे नेपाली काँग्रेस एकल संक्रमणीय तथा नेकपा (एमाले) बहुमतीय प्रणालीका पक्षमा छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...