को को हुदैछन् सातवटै प्रदेशमा प्रदेश सभाका समानुपातिक सांसदहरु ? ( नामावली सहित )

Map nepal

काठ्माण्डौँ । प्रदेश सभाको प्रत्यक्ष निर्वाचनमा धेरै सिट जितेका दलहरूले सम्बन्धित प्रदेशमा ३३ प्रतिशत महिला पुर्‍याउन समानुपातिकबाट धेरै महिला पठाउनुपर्नेछ । 

दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । आयोगले बन्दसूचीको क्रमसंख्या लागू हुनुपर्ने भनेको छ । तर, निर्वाचन कानुनमा ‘यथासम्भव’ भन्ने शब्दावली प्रयोग भएकाले दलहरूले तलमाथि गर्न सक्ने सम्भावना बाँकी नै छ ।

-जनजाति, खसआर्य, दलित, मधेसी, थारू र मुस्लिम समुदायबाट समानुपातिकमा प्रतिनिधित्व गराउँदा सम्बन्धित प्रदेशको जनसंख्याको अनुपातका आधारमा हरेक प्रदेशमा फरकफरक मापदण्ड छ ।

 

 प्रदेश १ : समानुपातिक सिट ३७

एमाले : १५

प्रदेश नं. १ मा एमालेले जम्मा ५१ सिट पाएको छ । ३३ प्रतिशत महिला पुर्‍याउँदा एमालेले कम्तीमा १७ महिला प्रतिनिधित्व गराउनुपर्छ । तर प्रत्यक्षमा इलाम १ ‘क’ बाट खिनु लिम्बु र उदयपुर २ ‘ख’ बाट कला घलेले जितिसकेकाले एमालेले अब कम्तीमा १५ महिलाको प्रतिनिधित्व समानुपातिकबाट गराउनुपर्ने छ । समानुपातिकबाट एमालेले प्रदेश नम्बर १ पाएको सिट नै जम्मा १५ हो त्यसैले समानुपातिकका सम्पूर्ण सिट महिलाका लागि सुरक्षित छन् । अन्य दलमा पनि यस्तै सूत्र लागू हुनेछ ।

जनजाति :  ७
सावित्री जोशी (सुनसरी),उषाकला राई (खोटाङ), कृष्णकुमारी राई (मोरङ), पदमकुमारी गुरुङ (संखुवासभा), विनादेवी राई (धनकुटा), होमकुमारी सावाँ (ताप्लेजुङ) र आशारत्न जवेगू (पाँचथर)

खसआर्य : ४
यशोदा अधिकारी (तेह्रथुम), अम्बिका थापा (उदयपुर), सरिता थापा (मोरङ) र सावित्राकुमारी रेग्मी (मोरङ)

दलित : १
जसमाया गजमेर विश्वकर्मा (इलाम)

मधेसी : १
वसन्तीदेवी यादव (मोरङ)

थारू : १
सुनिता चौधरी (उदयपुर)

मुस्लिम : १
गुलेफुन मियाँ (मोरङ)

कांग्रेस : १३

जनजाति : ६
प्रतापप्रकाश हाङगाम(ताप्लेजुङ), विद्यानन्द चौधरी (मोरङ), चन्द्रप्रसाद श्रेष्ठ (सुनसरी), लीला सुब्बा (धनकुटा), ज्योति सुब्बा (सुनसरी) र डोल्पा तामाङ (सिन्धुपाल्चोक– नागरिकताको ठेगाना)

खसआर्य : ४
शेखरचन्द्र थापा (मोरङ), लोकप्रसाद संग्रौला (मोरङ), शान्ता पौडेल (मोरङ) र विन्दिया कार्की (मोरङ)

दलित : २
रोहित विश्वकर्मा (भोजपुर) र कल्पना सरदार (मोरङ)

मधेसी : १
अनिताकुमारी साबु (मोरङ)

प्रदेश २ : समानुपातिक सिट ४३

राजपा : १०

मधेसी : ५
राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा सबै नाम मधेसी कोटा उल्लेख गरेको छ । जबकि मधेसी, आदिवासी जनजाति, थारू, दलित, मुस्लिम र खसआर्यको छुट्टाछुट्टै कोटा निर्धारण गर्नुपर्ने थियो । आयोगले यस्तो सूची कसरी स्वीकार गर्‍यो भन्ने प्रश्न उठेको छ । समानुपातिकमा उसले १० सिट पाउँछ । जसमा मधेसी ५, दलित २, मुस्लिम, जनजाति र थारू क्लस्टरबाट १-१ जनाको प्रतिनिधित्व हुन्छ ।

फोरम : ९
मधेसी : ५
उषाकुमारी यादव(बारा), उपमाकुमारी देव (सप्तरी), भीमा यादव (पर्सा), रागिनीदेवी बरनवाल (पर्सा) र किरणकुमारी राय (महोत्तरी)

दलित : २
सुनितादेवी मोची (सिरहा) र चमेलीदेवी दास (धनुषा)

मुस्लिम : १
करिमा बेगम (पर्सा)

जनजाति : १
सन्चमाया मोक्तान (सर्लाही)

कांग्रेस : ११

मधेसी : ६
शिवचन्द्र चौधरी (धनुषा), ओमप्रकाश शर्मा (पर्सा), सरस्वती चौधरी (धनुषा), गीताकुमारी यादव (सप्तरी), मञ्जुकुमारी यादव (महोत्तरी) र शशी गुप्ता (पर्सा)

दलित : २
उमेश पासवान (महोत्तरी) र प्रमिलादेवी दास (महोत्तरी)

मुस्लिम : २
शेषरसिद अली (रौतहट) र नुरुल नेसा (महोत्तरी)

जनजाति : १
शोभाकुमारी लामा (बारा)

प्रदेश ३ : समानुपातिक सिट ४४

एमाले : १६
जनजाति : ८
जुनेलीमाया श्रेष्ठ (मकवानपुर), सरस्वती बाटी (भक्तपुर), शान्ति थिङ (रसुवा), देवकी श्रेष्ठ (धनकुटा), इन्द्रमाया गुरुङ (सिन्धुपाल्चोक), सीता लामा (काठमाडौं), आशामाया तामाङ (नुवाकोट) र बेलीमैया घले (काठमाडौं)

खसआर्य : ७
रचना खड्का (दोलखा),मनु सिग्देल (मकवानपुर), सरस्वती बस्नेत (दोलखा), गोमा भुर्तेल (काभ्रे), मीना ज्ञवाली (अर्घाखाँची), पार्वती सिलवाल (चितवन) र कमला पराजुली (झापा)

दलित : १
मैना अछामी सार्की (ललितपुर)

कांग्रेस : १४
जनजाति : ८
मिलन श्रेष्ठ (काठमाडौं), राजेन्द्र गुरुङ (काठमाडौं), न्हुच्छेनारायण श्रेष्ठ (काठमाडौं), शन्तबहादुर प्रजा (मकवानपुर), राधा घले (काठमाडौं), जीवन डंगोल (काठमाडौं), विजया श्रेष्ठ केसी (डोटी) र रजनी जोन्छे (भक्तपुर)

खसआर्य : ६
राजाराम कार्की (धादिङ), बलराम पौडेल (चितवन), भीमसेन खत्री (काठमाडौं), सीता वाग्ले (चितवन), बिजुला बर्मा (सिन्धुली), विनु रायमाझी पौडेल (चितवन)

माओवादी : ८

जनजाति : ४
दिनेश महर्जन (ललितपुर), आङदेन्डी लामा (काठमाडौं), हिमाली गोले (दोलखा) र प्रतिमा श्रेष्ठ (सिन्धुली)

खसआर्य : ४
झंक पराजुली (सिन्धुपाल्चोक), सीता अधिकारी (चितवन), भावना सुवेदी (रोल्पा), कञ्चन खनाल (चितवन)

 प्रदेश ४ : समानुपातिक सिट २४

एमाले : १०

जनजाति : ४
विजय गुरुङ (पर्वत), मित्रकुमारी गुरुङ सुवेदी (कास्की), सावित्री राना
(बाग्लुङ), मीना गुरुङ (कास्की)

खसआर्य : ४
मायानाथ अधिकारी (लमजुङ), सिर्जना शर्मा (कास्की), प्रभा कोइराला (कास्की), पुष्पा केसी भण्डारी (कास्की)

दलित : २
गोविन्दबहादुर नेपाली (पर्वत), लक्ष्मी सुनार (नवलपरासी)

कांग्रेस :  ९
जनजाति : ४
मेखलाल श्रेष्ठ (स्याङ्जा), हरिबहादुर घले (गोरखा), ललितकला गुरुङ (पर्वत), सरिता गुरुङ (तनहुँ)

खसआर्य : ३
मणिभद्र शर्मा कँडेल (बाग्लुङ), ओमकला गौतम (नवलपरासी), सरस्वती तिवारी (स्याङ्जा)

दलित : २
दोबाटे विश्वकर्मा (तनहुँ), कोपिला बोहरा (स्याङ्जा)

माओवादी : ३

जनजाति : १
गायत्री गुरुङ (पर्वत)

खसआर्य : १
मधुमाया अधिकारी गुरुङ (लमजुङ)

दलित : १
दिलमाया रोकामगर गौतम (बाग्लुङ)

अन्य दल : २

नयाँ शक्ति : १
जनजाति : धनमाया लामा पोखरेल (गोरखा)

जनमोर्चा:  १
जनजाति : पियारी थापा (बाग्लुङ)

 प्रदेश ५ : समानुपातिक सिट ३५

एमाले : १३

खसआर्य : ३
विमला शर्मा पन्थी (पाल्पा), सरस्वती गौतम (दाङ), जालपा भुसाल (अर्घाखाँची),

जनजाति : ३
थानकुमारी थापा (कपिलवस्तु), ईश्वरी घर्ती (रोल्पा), सरिता श्रीष (रुपन्देही)

थारू : २
कृष्णी थारू (बर्दिया), धमकली चौधरी (दाङ)

दलित : २
कमला विक (रुपन्देही), ढाँटी सुनार (पूर्वी रुकुम)

मधेसी : २
सुनिताकुमारी ठठेर (रुपन्देही), चिन्तावती कुर्मी (बाँके)

मुस्लिम : १
तलत प्रवीण खाँ (बाँके)

कांग्रेस : १२

खसआर्य : ३
बलदेव शर्मा पोखरेल (प्युठान), निर्मला क्षेत्री (अर्घाखाँची), रमा अर्याल (रुपन्देही)

जनजाति : २
वीरबहादुर राना (पाल्पा), टीकाकुमारी बुढा (रोल्पा)

थारू :  २
भुवनेश्वर चौधरी (बर्दिया), पुष्पा थरुनी (रुपन्देही)

दलित : २
झविन्द्रबहादुर विक (गुल्मी), माला गोतामे सुनार (कपिलवस्तु)

मधेसी : २
अयोध्याप्रसाद यादव (नवलपरासी), रुन्धावती दुवे शर्मा (कपिलवस्तु)

मुस्लिम : १
रायरा शेष मुसलमान (रुपन्देही)

माओवादी : ६
खसआर्य : २
गीता थापा (गुल्मी), दामाकुमारी शर्मा (दाङ)

जनजाति : १
पार्वती पुन गहतराज उषा (रुकुमपूर्व)

थारू : १
लौटी थारू (बर्दिया)

दलित : १
दीपा विक (तनहुँ)

मधेसी : १
सुष्मा यादव (कपिलवस्तु)

प्रदेश ६ :  समानुपातिक सिट १६

एमाले : ६

खसआर्य :  ४
बदमीक्वारी बोहरा (डोल्पा), पद्मा खड्का (सुर्खेत), देवी ओली (रुकुम पूर्व), कौशिलावती खत्री (जाजरकोट)

दलित : १
शारदा दमै (सल्यान)

जनजाति : १
मीनासिंह रखाल (दैलेख)

कांग्रेस : ५
खसआर्य : ३
यज्ञबहादुर बिसी (सुर्खेत), हिमबहादुर शाही (दैलेख), अमृता शाही (सुर्खेत)

दलित : २
लोकबहादुर विक (सुर्खेत), पार्वती सार्की धवलाकोटी (सुर्खेत)

माओवादी : ४

खसआर्य : २
विमला केसी (रुकुम पूर्व), कृष्णा शाह (जाजरकोट)

दलित : १
सीताकुमारी नेपाली (सुर्खेत)

जनजाति : १
पुष्पा घर्ती विष्ट (सुर्खेत)

राप्रपा : १
खसआर्य : १
सोशिला शाही (कालिकोट)

प्रदेश ७ : समानुपातिक सिट २१

एमाले : ८

खसआर्य : ५
माया भट्ट (बैतडी),मनाकुमारी साउद (अछाम), पूर्णा जोशी (डोटी), माया तामाङ बोहरा (बझाङ), सुशीला बुढाथोकी (कैलाली)

दलित : २
अर्चना गहतराज (डोटी), दुर्गा विक (अछाम)

थारू : १
चुनकुमारी चौधरी (कैलाली)

कांग्रेस : ८

खसआर्य : ४
गोविन्द बोहरा (डडेल्धुरा), देवराज पाठक (डोटी), दिव्येश्वरी शाह (कैलाली), अम्बीकुमारी थापा (अछाम)

दलित : २
टेकबहादुर रैका (कैलाली), उमा वादी (कैलाली)

थारू : २
श्यामलाल राना (कञ्चनपुर), भगवती चौधरी (कैलाली)

माओवादी : ४
खसआर्य : २
निर्मला बडाल जोशी (दार्चुला), कुन्ती जोशी (डडेल्धुरा)
दलित : १
सुनिता पार्की (बैतडी)
थारू : १
विनिता चौधरी (कैलाली)

के भन्छ आयोग ?
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बन्दसूचीको क्रमसंख्या तलमाथि गर्न नमिल्ने बताएका छन् । अन्य आयुक्तहरूको भनाइ पनि त्यस्तै छ । ऐनमा भएको ‘यथासम्भव’ शब्दले दलहरूलाई बन्दसूचीमा रहेका नाम तलमाथि गर्न सक्ने आधार देखिन्छ । राजपाले प्रदेश २ मा समानुपातिकमा ६४ जना नै मधेसी क्लस्टरमा राखेर बन्दसूची बुझाएकोबारे आयोगले केही बोलेको छैन । आयोगलाई यो क्लस्टरका आधारमा निर्वाचितहरूको नाम सार्वजनिक गर्न समस्या हुने देखिन्छ । नयाँपत्रिका दैनिकले छापेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...