राष्ट्रपतिको सक्रियता बढ्यो, अध्यादेशबारे राजनीतिक दलहरु संग परामर्श

Bidhya devi bhandari

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभासदस्य निर्वाचन सम्बन्धी अध्यादेशबारे राजनीतिक दलका नेताहरुसँग अाइतबार पनि परामर्श गरेकी छन् । अभिभावको हैसियतमा राष्ट्रपति भण्डारीले यसअघि पनि प्रमख दलका नेताहरुसँग यसवारे परामर्श गरेकी थिइन् ।

आइतबार राष्ट्रपति भण्डारीले संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग राष्ट्रियसभा सदस्य निर्वाचन र यसमा दलहरुबीच देखिएको विवादका बारेमा छलफल गरकी हुन् ।

 आजै राष्ट्रपतिले राजपा नेपालका नेतासँग पनि परामर्श गर्ने राष्ट्रपतिका प्रेश संयोजक माधव शर्माले जानकारी दिए ।

प्रमुख दल काङ्ग्रेस र बाम गठबन्धनका एमाले–माओवादीबीच एकल संक्रमणीय निर्वाचन प्रणाली वा बहुमतीय प्रणाली भन्नेमा विवाद छ । कांग्रेस एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रिय सभासदस्य निर्वाचन गर्नपर्ने बताउदै आएको छ भने बाम गठबन्धन बहुमतीयको वकालत गरिरहेका छन् ।

यसअघि यसबारेमा राष्ट्रपति भण्डारीले शुक्रबार दिँउसो कांग्रेसका शीर्ष नेतासँग परामर्श गरेकी थिइन् । अघिल्लो शुक्रबार र शनिबार पनि राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेकी थिइन् । त्यसअघि राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवा र कानुनव्यवसायीसँग पन:परामर्श गरेकी थिइन् ।

‘राजनीतिक सहमति नहुँदा अन्योल बढेपछि राष्ट्रपति यसबारे चिन्तित देखिनुभएको छ । मंसिर अन्तिमबाट दिनहुँजसो राजनीतिक र कानुन व्यवसायीसँग पनि छलफल भइरहेको छ’ राष्ट्रपतिको प्रेश संयोजक माधव शर्माले रातोपाटीसँग भने ।

सो परामर्शमा राष्ट्रपति भण्डारीले दलहरुलाई जतिसक्दो चाडो सहमति जुटाउन आग्रह गर्दै आएकी थिइन् । सरकारले संसद विघटन भएपछि राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणिकारणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो ।

दलहरुवीच यसबारे विवाद हुँदा प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको तीन साता वित्दा पनि राष्ट्रिय सभा सदस्यको निर्वाचनबारे टुङगो लाग्न सकेको छैन ।

यसबारे सहमति जुटाउन शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको प्रमुख पाँच दलको बैठक विनानिष्कर्ष टुंगिएको थियो । बैठकमा दलका नेताहरुले अडान नछाडेपछि उक्त बैठक त्यसै सकिएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...