विहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव पक्राउ

Lalu yadav

काठमाडौं । विहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई प्रहरीले हिरासतमा राखेको छ ।

चारा घोटालामा दोषी ठहरिएका यावदलाई अदालत परिसरबाटै प्रहरीले हिरासतमा लिएको छ । ।अदालतले लालूसहित १५ जनालाई दोषी ठहर गरेको छ भने सात जनालाई सफाइ दिएको छ।

सीबीआईको विशेष अदालतले यादवलाई चारा घोटालामा दोेषी ठहर गरेको हो । तर, सजाय भने ३ जनवरीमा सुनाइनेछ ।

सन् १९९१ देखि १९९४ सम्म देवघर राजकोषबाट ८५ लाख भारु भ्रष्टाचारमा लालु संलग्न थिए । यसलाई पशुपालन घोटाला पनि भन्ने गरिएको छ ।

पशुपालन विभागका अधिकारी र ठेकेदारले राजनीतिक मिलिभगतमा रकम निकालेका थिए । एकदुई करोडबाट सुरु भएको यो घटाला ९ सय करोडसम्म पुगेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...