किन पराजय भए राप्रपाहरु

Rpp top 4 leader 1

काठमाडौँ, । पञ्चायत पृष्ठभूमिका नेताहरुद्वारा गठित पार्टीहरुले आम निर्वाचन २०७४ मा पार्टीको अस्तित्व नै बचाउन नसकेपछि हारको कारण खोज्दै हिडेका छन् । तत्कालीन अवस्थामा दरबारका एक दुई जनालाई खुसी बनाए माननीय र मन्त्री बन्न सक्ने संस्कारबाट राजनीतिमा छिरेका ती र त्यस्ता पार्टीका नेताहरुलाई आफ्नो अस्तित्व बचाउने कि राजनीति छोड्ने अवस्था सिर्जना भएको छ ।

२०४६ सालको प्रजातन्त्र स्थापना पश्चात संवैधानिक राजसंस्थालाई सक्रिय राजसंस्थामा लैजाने भन्दै जनतासँग मत मागेका ती दलले २०६४ सालपछि संवैधानिक राजासहितको हिन्दूराष्ट्रका लागि जनतासँग मत माग्न पुगेका थिए ।

झण्डै अस्तित्वबिहीन वनेका ती दलहरुलाई जनताले २०७० सालको दोस्रो संविधानसभामा करिब–करिब सम्मानजनक मत दिए । तर, उक्त जनमतको ती दल र दलका नेताले सदूपयोग नगरेपछि २०७४ सालको आम निर्वाचनमा शून्यमा पु¥याइ दिएका छन् ।
कार्यकर्तामूखी बन्न नसक्ने विलक्षण प्रतिभाका धनी राप्रापका नेताहरु देश र दुनियाँलाई देखाउँदै शक्तिकेन्द्रलाई झुक्याउन सफल भएपनि जनतालाई झुक्याउन नसकेको आम निर्वाचन २०७४ ले पुष्टी गरेको छ ।

निर्वाचन जित्नका जनताको मत आवश्यक हुन्छ भन्ने हेक्कासमेत नराखेको गुनासो गर्दछन् राप्रपाका एक कार्यकर्ता । उनी भन्छन्, ‘सबै राप्रपाहरु मिलेर गरेको एकता महाधिवेशनले कांग्रेस कम्युष्टि भन्दो ठुलो शक्तिको रुपमा राप्रपालाई उभ्याइसकेको थियो । तर, कोही इण्डियन, कोही चाइनिज र कोही पश्चिमा खेमाबाट राप्रपामा भित्रिएका रहेछन् । बस भन्दा बस्ने फुटभन्दा फुट्ने उनीहरुको दायित्व रहेछ । हाल आएर सोही परिणाम सबैले भोगिरहेका छौं ।’

हरेक राजनीतिक व्यवस्थाको उर्जाशील भूमि राजधानीबाटै गत संविधानसभामा सबैभन्दा बढी पपुरलर जनमत लिएको राप्रपा शून्यमा झर्नु नेतृत्व कार्यकर्तामैत्री नहुनु, शक्तिकेन्द्रसँग ब्ल्याकमेल गर्नु, प्राप्त मतलाई दुरुपयोग गर्नु नै रहेको उनी बताउँछन् ।

वास्तवमा ती नेताले भने झै राप्रपाहरु हाल अस्त्विको खोजीमा देखिएका छन् । वर्तमान मन्त्रीपरिषद्मा रहेका एक उप प्रधानमन्त्रीसहित ५ जना मन्त्री नै निर्वाचन मैदानमा खडा भए तर जनताले उनीहरुलाई अनुमोदन गरेरनन् । त्यसो त उनीहरु मन्त्री बनेको यो एक पटक मात्रै होइन निरन्तर ५० दशकसम्म मन्त्री बनिरहेका छन् । तर, जनताको मन जित्ने काम गर्न नसक्दा निरन्तर निर्वाचनमा पराजय प्राप्त परिरहेका छन् । पराजय पनि असामन्य पराजय ।

पञ्चायती व्यवस्थाको अन्त्यपछि प्रधानमन्त्रीद्वय सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा बेग्ला–बेग्लै गठन भएका राप्रपाहरु कहिल्यै जुट्दै र फुट्दै गर्दै हाल ४÷५ वटा पार्टीमा विभक्त छन् ।

यद्यपि कमल थापा नेतृत्वको राप्रपा, पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादी मात्रै अलि चर्चामा थिए । तर थापा समूहको राप्रपाले प्रतिनिधिसभामा एक जना सांसद् र प्रदेशमा ३ जना प्रदेशसभासद् पठाएपनि अन्य राप्रपाको उपस्थिति शून्य भएको छ । थापा समूहको सांसद्को सदनमा हुने उपस्थिति पार्टी हैसियतबाट नभई स्वतन्त्र हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...