एमालेको आज स्थायी कमिटी बैठक बस्दै, पार्टी एकता मुख्य एजेण्डा

Cpn uml office.jpg..

काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट ठूलो दल बनेको नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।

पार्टी उपाध्यक्ष बामदेव गौतमको निवास भैंसेपाटीमा बस्ने बैठकमा पार्टी एकता मुख्य एजेण्डा बनाइएको छ ।

शुक्रबार दिउँसो एक बजे शुरु हुने बैठकमा माओवादी केन्द्रसँग पार्टी एकता कसरी गर्ने भन्नेबारे छलफल हुने एमालेका सचिव प्रदीप ज्ञवालीले बताए ।

निर्वाचनपछि पहिलो पटक बस्न लागेको बैठकले निर्वाचनको समीक्षा समेत गर्नेछ । मोआवादी केन्द्रको बैठक भने बसिसकेको छ । माओवादी बैठकले पार्टी एकताको जिम्मा शीर्ष नेतालाई दिएको छ ।

एमाले बैठकले पनि निर्णय लिएपछि पार्टी एकता प्रक्रिया अघि बढ्ने सचिव ज्ञवालीले बताए । गठबन्धनसहित निर्वाचनमा भाग लिएको एमाले र माओवादी केन्द्रले एक सय १६ जना सीट प्रत्यक्षतर्फ जितेको छ । दुवै दलका नेताहरुले सरकार गठन र पार्टी एकता प्रक्रिया सँगसँगै बढाउने बताउैदै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...