किन भयो ओली र देउवाको बोलचाल बन्द ?

प्रकाशको श्रद्धाञ्जलीमा भेटदा पनि बोलेनन्

Deuba oli

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएपछि नेपाली राजनीतिले नयाँ मोड त लिएको छ ।

राजनीतिले नयाँ मोड लिएसँगै नेपाली राजनीतिका दुई हस्तबिीच बोलचाल नै बन्द भएको छ ।

यसरी बोलचाल बन्द हुनेमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओली हुन् । यी दुई नेताको बोलचाल बन्द भएको झण्डै एक महिना भन्दा बढी भइसकेको छ ।

यी दुई नेता कुनै बेलाका अति मिल्ने साथी थिए । तर, पछिल्लो समयमा वाम गठबन्धन बनेदेखि यी दुई नेताबीचको दुरी बढेको थियो । जुन दुरी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले ल्याएको परिणामले ह्वात्तै बढाइदिएको छ ।

यी दुई नेताहरुबीच बोलचाल बन्द हुँदा नयाँ सरकार गठनमै समस्या देखा परेको छ । प्रधानमन्त्री देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई बिनाविभागीय बनाएपछि ओली र देउवाबीच बोलचाल नै भएको छैन ।

देउवा र ओलीबीच ५ मंसिरमा अन्तिमपटक कुराकानी भएको थियो । ५ मंसिरमा बालुवाटारमा देउवा र ओलीबीच औपचारिक संवाद भएको थियो । प्रकाश दाहालको श्रद्धाञ्जलीका लागि लाजिम्पाटमा देउवा ओलीबीच भेटघाट हुँदा पनि दुबै नेताबीच बोलचाल भएन ।

ओली र देउवाबीच बोलचाल र भेटघाट बन्द भए पनि देउवा र एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भने बेलाबखत भेट भइरहन्छ । केही दिनअघि मात्रै प्रचण्डलाई देउवाले बालुवाटारमै बोलाएका थिए । त्यसबेला पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियार बताउँछन् ।

पछिल्लो समयमा त सत्ता हस्तान्तरणको विषयलाई लिएर एकअर्काबीच आरोप प्रत्यारोपमै लागेका छन् । यसले ओली र देउवाको राजनीतिक दुरी झन बढ्दै जाने आँकलन गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...